सुर्खेत, १७ मंसिर ।
सुर्खेत क्षेत्र नं. २ बाट संविधानसभामा निर्वाचित सभासद हृदयराम थानीलाई जिल्लाका विभिन्न क्षेत्रहरुको विकास गर्न मागपत्र पेश गरिएको छ । सोमबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका अवसरमा विभिन्न माग पत्र पेश गरिएको थियो ।
अस्पतालको भवन निर्माण, डाक्टरहरको दरबन्दी र नर्सिङ कलेज स्थापना लगायतका माग पूरा गर्ने नवनिर्वाचित सदस्य थानीलाई आग्रह गरिएको छ । थानीले अस्पतालको विकास र स्तरोन्नतिका लागि आफ्नो जिम्मेवारीपनि बढि नै भएको महशुस आफूले गरेको उल्लेख गरे ।
स्थापनाकालदेखि नै अस्पताल निर्माणका लागि अनवरत रुपमा लागि रहेको बताउँदै उनले आगामी दिनमा पनि क्षेत्रीय अस्पताललाई क्षेत्रीय अस्पतालका रुपमा सेवा दिनसक्ने बनाउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता पनि जनाए ।
यसैगरी मध्यपश्चिम ट्रक तथा ट्रयाक्टर व्यवयासी समितिले गरेको बधाई तथा सम्मान कार्यक्रममा पनि विभिन्न मागहरु राखिएका छन् । समितिका अध्यक्ष प्रकाश अधिकारीले यातायात व्यवसायीहरुको सुविधाका लागि अञ्चल यातायात कार्यालयको शाखा सुर्खेतमै स्थापनाका लागि पहल गर्न आग्रह गरे ।
जवाफमा थानीले यातायात सेवालाई मर्यादित सेवाका रुपमा स्थापित गर्न र व्यवसायिक हकहितका लागि आगामी दिनमा लागिपर्ने वचन दिए । त्यसैगरी विभिन्न चर्चका पाष्टर र क्रिश्चियन धर्मावलम्बीहरुले पनि धर्मनिरपेक्षताको विषयलाई स्थापित गर्न आग्रह गरेका छन् ।
No comments:
Post a Comment