सुर्खेत, १७ मंसिर ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले तीन वटा कमिटीलाई विघटन गरेको छ । निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कमिटी, लाटीकाइली र रतु गाउँ कमिटीलाई विघटन गरेको हो । जिल्ला कमिटीको पूर्ण बैठकले तीन वटा कमिटीलाई विघटन गरेको हो ।
संविधान सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विपक्षमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने गरी निर्णय गरेको भन्दै विघटन गरिएको जनाईएको छ । एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र वस्नेतद्धारा जारी विज्ञप्तिमा पार्टीको नीति विपरित कार्य गर्ने कमिटीलाई विघटन गरिएको जनाइएको छ ।
एमाले केन्द्रीय सदस्य एवंम भेरी अञ्चल इन्चार्ज देवराज भारको उपस्थितिमा पार्टी अध्यक्ष नवराज रावतको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । मंसिर १४ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको जिल्ला कमिटी बैठकले संविधान सभा निर्वाचनमा भएका कमि कमजोरीका बारेमा समिक्षा गर्दै पार्टी र जनतावीचको सम्बन्ध प्रभावकारी बनाउने निर्णय गरेको छ ।
क्षेत्रीय कमिटीलाई विघटन गर्दै गणेशबहादुर वलीको अध्यक्षतामा ५७ सदस्यीय संगठन कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बागमती गुरुङ, सचिवमा टोपबहादुर खत्री र उपसचिवमा प्रेम रामदाम चयन भएका छन् । त्यसैगरी लाटीकोइली र रतु गाउँ कमिटीको पुर्नगठनका लागि गाउँ कमिटी इन्चार्जलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
No comments:
Post a Comment