सुर्खेत, १५ मंसिर ।
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लाटीकोइली–३ को छैठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीले सहकारीताका माध्यमबाट ग्रामिण जनताको आयआर्जन बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले सहकारीलेनै सहकार्यको भावना विकास गरेको बताउ“दै सामान्य आयस्रोत भएका जनताले समेत सहकारीबाट ऋण लिएर व्यवसायी बनेको बताए । कृषि, पशुपालन सहितका विभिन्न व्यवसायमूलक कार्यमा सहकारीले ऋण लगानी गरेर महत्वपूर्ण कार्य गरेको बताउँदै सहकारीले बचत ऋण मात्रै नभएर सामाजिक सेवामूल कार्य समेत गरिरहेकोमा प्रशंसा समेत गरेका थिए ।
सभामा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारदप्रसाद भट्टराईले सहकारी स्थापना भएको छोटो समयमानै बचत तथा ऋणको कारोबार गर्दै संस्थाले आफ्नै भवन स्थापना गर्न दुई कट्ठा जग्गा समेत खरिद गरेको जानकारी दिए ।
२ सय ६९ जना शेयर सदस्य रहेको सहकारीको २०७० आषाढ मसान्त सम्ममा संस्थाले ३ करोड ६ लाख १३ हजारको कारोबार गर्न सफल भएको जानकारी दिए । साधारण सभामा संस्थागत अवस्थाका बारेमा संस्थाका सचिव विष्णुप्रसाद बासकोटा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेशप्रसाद उपाध्याय, लेखा समितिको प्रतिवेदन संयोजक श्यामबहादुर वली, शिक्षा उपसमितिको प्रतिवेदन संयोजक लिलाराम सापकोटाले प्रस्तुत गरेका थिए ।
साधारण सभाकै अवसरमा उत्कृष्ट व्यवसायीहरु दिलबहादुर थापा, टीकाकुमारी रास्कोटी र तिलकबहादुर दमाई, असल ऋणिमा कमला विसी, असल बचतमा पशुपति गौतमलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको थियो ।
सभाले नारदप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बालकुमारी विसी, सचिवमा श्यामबहादुर वली, कोषाध्यक्ष गणेशप्रसाद उपाध्याय चयन भएका छन् ।
संचालक समितिको सदस्यहरुमा दिलबहादुर विसी, दिलबहादुर थापा, मानकुमारी चौधरी, सिताकुमारी वली, टिका डांगी चयन भएका छन् । त्यसैगरी दोर्णजंग बुढाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिको सदस्यमा मनोज पौडेल र अनिता विसी चयन भएका छन् ।
No comments:
Post a Comment