सुर्खेत, ६ कार्तिक ।
साल्ट टेडिड्ड सुर्खेतले एक महिनाभित्र ५७ लाख ३० हजार रुपैयाँ वरावरको सहुलियतको चिनी र नुन वितरण गरेको छ । गत असोज १ गतेवाट हिजोसम्म सर्वसाधारणलाई ५२ लाख ४४ हजार ७ सय ५६ रुपैयाँको चिनी र ४ लाख ८६ हजार १ सय ३५ रुपैयाँको नुन वितरण गरिएको छ ।

३५ दिनको अवधिमा ७ सय ९५ क्वीन्टल चिनी र ३ सय ७४ क्वीन्टल नुन सहुलियत दरमा वितरण गरिएको साल्ट टेडिड्डका प्रमुख सुरेशराज भण्डारीले बताए । उनले सुपथ मुल्य पसल मार्फत चिनी वजारको भन्दा प्रतिकेजी १४ रुपैया र नुन प्रतिकेजी २ रुपैया सस्तोमा वितरण गरिएको जानकारी दिए ।
साल्ट टेडिड्डले चिनी प्रतिकिलो ६६ र नुन प्रतिकिलो १३ रुपैयामा सर्वसाधारणलाई वितरण गदै आएको छ । जनतालाई दशै तिहारको बेला सर्बसुलभ र सस्तो सेवा दिने उद्देश्यले सरकारले अनुदानमा चिनी र नुन वितरणको व्यवस्था गरेको हो ।
सहुलियत दरको चिनी र नुन यही कर्तिक २९ गतेसम्म वितरण गरिने समेत प्रमुख भण्डारीले उल्लेख गरे । अहिलेसम्म १३ हजार ५ सय जनाले सुपथ मुल्य पसल मार्फत सेवा लिएको पनि उनले बताए ।
साल्ट टेडिड्डले एक जना व्यक्तिलाई ६ किलो चिनी र ३ किलो नुन वितरण गदै आएको छ । सहुलियत दरमा चिनी र नुन वितरण गर्न थालेपछि दैनिक सर्वसाधारणको भीड लगेपनि अहिले भने केही कम भएको बताइएको छ ।
No comments:
Post a Comment