Wednesday, November 27, 2013

एमालेले तीन वटै क्षेत्र जित्छ ः रावत

सुर्खेत, ६ कार्तिक ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले जिल्लाका तीन वटै निर्वाचन क्षेत्र एमालेले बहुमतका साथ जित्ने दाबी गरेका छन् । चुनावी प्रचार–प्रसार अन्तर्गत बुधबार सालकोटको पलाईटेमा एमालेले गरेको घरदैलो अभियानका बारेमा रावतले सुर्खेतका जनताले एमालेलाई जिताउने बताए ।

‘मैले सुर्खेतको क्षेत्र नं. ३ बाटै राजनीतिक सुरु गरेकाले म यहाँका जनताप्रति पूर्ण बफादार छु,’ उनले भने, ‘यहाँका दाजुभाई र दिदीबहिनीहरुले लोकतन्त्रको रक्षाका लागि एमालेलाई मत दिएर जिताउने ढुक्क छु ।’
उनले लोकतान्त्रिक संविधान बनाउन नेपाली जनता अगाडि आइसकेको दाबी गर्दै अबको चुनावले देशलाई निकास दिने र संघीय लोकतान्त्रिक संविधान बन्ने जिकिर गरे । यसैवीच एमाले विजौराले मंसिर ४ गते हुने संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं. ३, बाट एमाले उम्मेदवारलाई विजयी बनाउन तोस्रामा घरदैलो अभियान सुरु गरेको छ । नयाराम बयक र हरिप्रसाद अधिकारीको अगुवाई सुरु गरिएको अभियान टोलीले तोस्राका पाँच सय बढी धरधुरीका जनतासँग एमालेको पक्षमा मतदान गर्न अनुरोध गरेको छ ।

No comments:

Post a Comment