सुर्खेत, ६ कार्तिक ।
निर्वाचन क्षेत्र नं. २ को मटेलामा बुधबार नेकपा एमालेको आमसभा सम्पन्न भएको छ । आमसभामा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसबाट ३० जनाबढी एमालेमा प्रवेश गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ को मटेलामा बुधबार नेकपा एमालेको आमसभा सम्पन्न भएको छ । आमसभामा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसबाट ३० जनाबढी एमालेमा प्रवेश गरेका छन् ।
सभामा बोल्दै पूर्वमन्त्री एवंम निवर्तमान सभासद यामलाल कँडेलले विगतमा भन्दा अहिले एमाले प्रति जनलहर बढ्दै गएको बताउँदै एमालेको नीति तथा कार्यक्रम जनपक्षिय भएको दावी गरे । एमालेको पक्षमा माहोल बन्दै गएको दावी गर्दै आफु विजयी हुने धेरै आधारहरु रहेको बताए ।
नेकपा एमालेले घोषणा–पत्र मार्फत बार्षिक ३ लाख युवाहरुलाई रोजगार बनाउने कार्यक्रम ल्याएको बताउँदै नेकपा एमालेले बहुमत ल्याए एक बर्षमा नयाँ संविधान सहित जनपक्षिय कार्यक्रम ल्याउने दावी गरे ।
नेकपा एमाले क्षेत्र नं. २ मा केही समस्या देखिएपनि नेकपा एमालेको नीति विचार र कार्यक्रमबाट विचलित भएर केही साथीहरु बाहिरिए पनि उहाँहरु पार्टीमै फर्किएर सहमति, सहकार्य मार्फत नेकपा एमालेलाई विजयी गराउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मेटला गाउँ कमिटीका अध्यक्ष लोकबहादुर जिसीको अध्यक्षतामा भएको आमसभामा जिल्ला कमिटी सदस्य हर्कबहादुर राना, विद्यार्थी नेता शुसिल थापा, दलित मुक्ति मोर्चाको अध्यक्ष शेरबहादुर नेपाली सहितले आ–आफ्नो भनाई राखेका थिए ।
No comments:
Post a Comment