Wednesday, November 27, 2013

वीरेन्द्रनगर–१० मा चुनावी अभियान

सुर्खेत, ६ कार्तिक ।
सुर्खेत क्षेत्र नं. २ अन्तर्गत वीरेन्द्रनगर–१० मा अगुवा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ । भेलाले वडा कमिटीका अध्यक्ष विष्णुप्रसाद उपाध्यायको अध्यक्षतामा २०१ सदस्यीय चुनावी प्रचार कमिटी गठन गरिएको छ ।

नेकपा एमाले र सुर्यध्वजावाहक उम्मेदवारलाई दोस्रो संविधानसभा निर्वाचनमा विजयी गराउन प्रचार प्रसार कमिटी गठन गरिएको हो ।
एमाले नगर कमिटीका अध्यक्ष पूर्णप्रसाद पौडेल, अखिल महिला संघका जिल्ला अध्यक्ष मोहनमाया ढकालको, एमाले जिल्ला कमिटी सदस्य केदार कँडेल, उपेन्द्र विक सहितको उपस्थितिमा प्रचार प्रसार कमिटी गठन गरिएको हो । कमिटीले नेकपा एमालेको पक्षमा जनमत बढाउन घरदैलो अभियान, प्रर्चा पम्पलेट वितरण सहितका कार्यक्रम गरी सुर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउने निर्णय गरेको छ ।
यसैगरी जर्वुटा–१ को धुलियाविटमा डण्डीप्रसाद ढकालको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचार प्रसार कमिटी गठन गरिएको छ । जर्वुटा इन्चार्ज खड्क भट्टराईको उपस्थितिमा कमिटी गठन गरिएको हो ।
यसैवीच बुधबार वीरेन्द्रनगर–९ मा एमाले नगर कमिटीको सक्रियतामा चुनावी प्रचार–प्रसार सहित घरदैलो अभियान संचालन गरिएको छ । नगर कमिटीका अध्यक्ष पूर्णप्रसाद पौडेल, केदार कँडेलको अगुवाईमा घरदैलो अभियान संचालन गरिएको हो ।

No comments:

Post a Comment