Wednesday, November 27, 2013

डाँडाखालीमा कार्यकर्ता भेला

सुर्खेत, ६ कार्तिक ।
निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमाले गाउँ कमिटी डाँडाखालीको आयोजनामा अगुवा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ । भेलाका बक्ताहरुले नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन घरदैलो, कार्यकर्ता भेटघाट, मतदातासंग भेटघाट गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

गाउँ कमिटीका अध्यक्ष हस्तबहादुर चन्दको अध्यक्षतामा भएको भेलामा एमाले प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार वस्नेत, जिल्ला कमिटी सदस्य ऐनबहादुर चन्द, दिपा मल्ल, लोकबहादुर खत्री, देवबहादुर खड्का सहितको उपस्थिति रहेको थियो ।
भेलाले गाउँ कमिटी अध्यक्ष हस्तबहादुर चन्दको अध्यक्षतामा १५१ सदस्यीय प्रचार–प्रसार कमिटी गठन गरिएको छ । त्यसैगरी युथ फोर्स, महिला, विद्यार्थी सहितको जनवर्गिय कमिटी समेत गठन गरिएको जनाईएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा पर्ने साटाखानीमा वडा नंं. १ मा लालबहादुर दर्लामीको संयोजकत्वमा प्रचार कमिटी गठन गरिएको छ । सुर्य चिन्ह सम्वाहक उम्मेदवारलाई विजयी गराउने गरी कमिटी गठन गरी घरदैलो अभियान सहितका चुनावी अभियान संचालन गरिएको जनाईएको छ ।

No comments:

Post a Comment