Saturday, November 30, 2013

अवैध काठ सहित तीन पक्राउ

सुर्खेत, १४ मंसिर ।
जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरको कृष्ण सामुदायिक वनबाट अबैध काठसहित तीन जना काठ तस्तकरलाई रंगेहात पक्राउ गरेको छ । वनमा पाल टाँगेर अबैध रुपमा रुख काटिरहेको भन्ने सूचनाको आधारमा वन कार्यालयवाट खटिएको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो ।

लामो समयदेखि त्यस क्षेत्रबाट अबैध रुपमा काठ ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा उनीहरुलाई प्रक्राउ गर्न सफल भएको कार्यालयले जनाएको छ ।
जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाले पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–१, चनाबारीका गणेश विक, मुकेश कार्की र अमरसिंह थापा रहेको बताए । उनीहरुको साथबाट ११ दशमलव ९ क्यूफिट अबैध काठ बरामद गरिएको पनि उनले जानकारी दिए ।
उनीहरुले सामुदायिक वनबाट काठ चिरान गरी रातारात वीरेन्द्रनगर बजारमा बेच्ने गरेको पाइएको छ । अबैध काठ सहित रंगेहात पक्राउ परेका तीनै जनालाई जिल्ला वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिएको छ । उनीहरुलाई वन ऐन २०४९ अनुसार थप कारवाही अघि बढाइने चौरासियाले बताए ।

No comments:

Post a Comment