Saturday, November 30, 2013

दुई पटक पराजीत हुँदा गाउँपसे उम्मेदवार

दैलेख, १५ मंसिर । 
संबिधानसभा सदस्य निर्वाचनमा पराजित उम्मेदवार मतदातालाई धन्यबाद दिन जनताको घरदैलोमा गएका छन् । दैलेखको निर्बाचन क्षेत्र नं. २ मा दुई पटक पराजित भएका नेपाली काँग्रेसका महासमिति सदस्य हिमबहादुर शाही पुनःमतदातालाई धन्यबाद दिन गाउँ पसेका हुन् । 

आफू थोरै मतले पराजित भएको भन्दै उनले आफुलाई मतदान गर्ने सबैलाई धन्यबाद दिएका छन् । निर्बाचित भएका उम्मेदवारले गाउँ–गाउँमा बिजयसभा गरी मतदातालाई धन्यबाद दिएर सदरमुकाम पसे लगत्तै पराजित उम्मेदवार पनि मतदातालाई धन्यबाद दिन गाउँ पसेका हुन् । 
एमालेका राजबहादुर बुढासंग २०६४ को निर्बाचनमा र २०७० को निर्बाचनमा एमालेकै लक्ष्मी पोखरेलसंग पराजित भएपछि पुनःजनताको घरदैलोमा गएर मतदातालाई धन्यबाद दिन उनी गाउँ पसेका हुन् । दुईवटै निर्बाचन क्षेत्र रहेको दैलेखमा दुई क्षेत्र एमालेले बिजय हाँसिल गरेपछि क्षेत्र नं. १ का काँग्रेसका उम्मेदपार गणेशबहादुर खड्का काठमाडांै लागेका छन् । 
उनी २०४८ को आम निर्वाचन र त्यस यताका सबै निर्बाचनमा हुने उम्मेदवार हुन । उनी २०५६ को निर्बाचनमा एमालेका नरबहादुर हमाल संग पराजीत भएका थिए । उनले अरु सबै निर्बाचन जितेका उनले यस पटक भने ०६४को निर्बाचनमा एमालेका अमर बहादुर थापालाई पराजीत गराएका उनले यस पटक अमरबहादुर थापासंग पराजित हुनु परेको छ । 
नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रिय कार्यसमितीको टोली जनताका घरदैलोमा ब्यस्त देखिएको छ । क्षेत्रिय कार्यसमितिले दुई पटक पराजित भएपछि राकम कर्णाली, दुल्लू चामुण्डा, डाँडीमाडी र छिउडीपुसाकोटमा सभा गरेर आफ्नो पार्टीलाई मतदान गर्ने सबै मतदातालाई धन्यबाद दिएको छ । आफुले ०६४ को निर्बाचनमा पराजित भएकाले यस पटक जनताले आफुलाई बिजय गराउने अपेक्षा राखेको भन्दै आफ्नो अपेक्षा परा हुन नसको प्रति दुख ब्यक्त गरे । 
चुनाबमा पराजित भएर गाउँ पुगेका उम्मेदवार तथा नेताहरुलाई पनि आफ्ना सर्मथक कार्यकर्ताले होसला प्रदान गरेका छन् । निर्बाचनमा पराजित भएपनि उम्मेदवारलाई निरास नहुन सुझाब दिएका छन । शनिबार राकम कर्णालीमा भएको कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार हिमबादुर शाहीले जनताबाट निर्बाचित भएर गएका उम्मेदवार तोकिएकै समयमा संबिधान निर्माण गर्न सुझाब दिएका छन् । 
जनताले लोकतन्त्रलाई संस्थागत गर्दै शान्ति र संबिधान चाहेकाले यसलाई निर्बाचित भएका सभासदले सोच्नु पर्ने बताए । उनले भने जिल्लाको बिकासका र दैलेख पर्यटकिय क्षेत्रको गन्तब्य भएकाले यसलाई पर्यटकिय क्षेत्र घोषणा गर्न माग समेत गरेका छन् । समिक्षा गर्न बैठक नेकपा एमाले दैलेखले दुबै निर्बाचन क्षेत्रमा बिजय हासिल गरपछि चुनाबमा भएका सम्पुर्ण कुराहरुलाई समिक्षा गर्न जिल्ला कमिटी बैठक बोलाएको छ । समिक्षा बैठक एमाले जिल्ला कमिटी दैलेखका अध्यक्ष तथा नव निर्बाचित सभासद अबर हादुर थापाको अध्यक्षतामा बसको छ । बैठकमा दुई वटै निर्बाचन क्षेत्रका निर्बाचन परिचालन कमिटी, पार्टीका जनबर्गिय संगठन, संचारकर्मी, उद्योगी ब्यापारी र आम मतदातालाई धन्यबाद दिएको छ । समिक्षा बैठकमा एमाले जिल्ला कमिटी दैलेखका अध्यक्ष अमरबहादुर थापा बिजय भई सकेपछि पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टी उपाध्यक्ष बरुनाथ यौगीलाई दिने निर्णय समेत गरेको छ । 

No comments:

Post a Comment