सुर्खेत, ६ कात्तिक
राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतले संविधानसभा निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रचारप्रसारको कामलाई तिव्रता दिएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतले संविधानसभा निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रचारप्रसारको कामलाई तिव्रता दिएको छ ।
जनमोर्चाका तर्फबाट उम्मेद्वार बनेकाहरु अहिले जनताकै घरदैलो व्यक्त रहेका जनमोर्चा सुर्खेतका सल्लाहकार मोहन थापाले बताए । जनमोर्चाले क्षेत्रनम्वर १ मा धनप्रसाद देवकोटा, २ मा कृष्णकुमारी रावल र क्षेत्रनम्वर ३ मा लालबहादुर नेपालीलाई प्रत्यक्षतर्फका उम्मेदवार बनाएको छ ।
यसैबीच, आज जनमोर्चाले क्षेत्रनम्वर २ अन्तरगत लेखफर्सा गाविसमा कार्यकर्ता भेलाको आयोजना गरेको छ । गाउँ कमिटिका अध्यक्ष प्रेमबहादुर फौजाको अध्यक्षतामा भएको भेलामा करिव ३० भन्दाबढी कार्यकर्ता सहभागी भएका थिए ।
भेलाले नरबहादुर फौजाको अध्यक्षतामा ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । भेलाको निर्णयअनुसार जनमोर्चाको प्रचारप्रसार समितिले बिहिबारदेखि कात्तिक १२ गतेसम्म बैठक तथा घरदैलो कार्यक्रम पनि गर्ने भएको छ ।
No comments:
Post a Comment