सुर्खेत, १४ मंसिर ।
लाटीकोइली सामाजिक उद्यमी महिलाहरुको सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाबाट हिरा बुढाको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति चयन गरिएको छ ।
लाटीकोइली सामाजिक उद्यमी महिलाहरुको सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाबाट हिरा बुढाको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा खगीसरा थापा, सचिवमा शान्ति थापा, सहसचिवमा सुनिता थापा र कोषाध्यक्षमा गिता घर्तीलाई चयन भएका छन् । पार्वती नेपाली, अमृता खड्का, रत्नलक्ष्मी सलामी र गिता सिजाली सञ्चालक समितिको सदस्यमा चयन भएका छन् ।
साथै उर्मिला विसिको संयोजकत्वमा गठन गरिएको लेखा समितिमा गौरा सुनार र अमृता सिंह सदस्य रहेका छन् । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सहकारीका मूल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरे सफल हुने बताए ।
No comments:
Post a Comment