सुर्खेत, ७ पुष ।
प्रहरी, प्रशासनको निस्क्रियताका कारण सुर्खेतमा असुरक्षा बढ्दैछ । मंसिर २८ गते वीरेन्द्रनगर–१ का व्यवसायी गंगाराम सुनारमाथी सांघातिक आक्रमण भयो । पसलको सामान लिएर घर फर्किदै गर्दा उनीमाथी नेपाली सेना र सशस्त्र प्रहरीका बहालवाला कर्मचारीले दिउँसै आक्रमण गरे ।
घटनामा संलग्न नेपाली सेनाका जवान चिरञ्जीवि गिरी मात्रै पक्राउ परे । प्रहरीमा किटानी जाहेरि दिँदा समेत सशस्त्र प्रहरीका जीवन गिरी, नेपाली सेनाका मानबहादुर बोगटी र अन्य विनोद गिरी र टेकराज खड्कालाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । प्रहरीले फरारको सूचिमा राखेर घटनालाई थामथुम बनाउन खोजेको पिडित पक्षको आरोप छ ।
घटनामा संलग्न सबैलाई पक्राउ गरेर कानूनि कारवाही गर्नुपर्ने भन्दै पिडित पक्षले आइतबार जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन् । तीन दिन भित्र घटनामा संलग्न सबैलाई पक्राउ गरी कारवाही प्रक्रिया सुरु नगरे आन्दोलन गर्ने पिडित परिवारले चेतावनी समेत दिएका छन् ।
गंगाराम सुनार माथी भएको आक्रमणको केही दिन नबित्दै पुष ४ गते स्वास्थ्यकर्मी प्रेमप्रसाद न्यौपाने माथी यरीचोक नजिकै गोली प्रहार भयो । विदामा दैलेखबाट घरफर्किएका उनीमाथी दिउँसै गोली प्रहार भयो । रातो पल्सर मोटरसाइकलमा आएका अपरिचित समूहले आक्रमण ग¥यो ।
गोली प्रहारको घटना पछि उनको परिवार समेत क्रसित रहेको छ । घाइते न्यौपानेको अहिले काठमाण्डौं शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाको अनुसन्धान कार्यलाई अगाडी बढाउँदै परिवारमा सुरक्षाको प्रत्याभुति हुनुपर्ने भन्दै पिडित परिवारले आइतबार जिल्ला प्रहरी कार्यालय पुगि अनुरोध गरेका छन् । घटनालाई कमजोर बनाउन प्रहरी प्रशासनलाई चेतावानी दिँदै कसैको प्रभावमा नपरेर अनुसन्धानलाई प्रभावकारी बनाउन माग गरेका छन् । घटनाका विषयमा अनुसन्धान भैरहेको बताउँदै प्रहरी उपरिक्षक प्रकाश अधिकारीले घाइतको कल डिटेल मागिएको र संकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।
शनिबार साँझ फेरी अर्को गोली प्रहार भएको छ । यातायात व्यवसायी संघमा काम गर्ने कर्मचारी भुपेन्द्र विसी माथी लाटीकोइली–७ अलायचौर नजिकैको पुलमा गोली प्रहार भयो । रातो जकेट लगाएको एक जना र अन्य एक जना गरी दुई जनाको समूहले गोली प्रहार गरेको पिडित विसीले जानकारी दिए । गोली प्रहारबाट विसीको हातको पाखुरामा चोट लागेको छ ।
सुर्खेतमा फेरी गोली चल्यो एक जना घाइते सुर्खेत, ६ पुस । सुर्खेतमा हप्ता दिन नवित्दै फेरी गोलीप्रहारबाट एक जना घाइते भएका छन् । लाटिकोइली–९ निवासी भूपेन्द्र विसी शनिबार सदरमुकाम वीरेन्द्रनगरबाट पुरानो घर लाटिकोइली–७ स्थित घरजाँदै गर्दा साँझ करिब सात बजेतिर अलयाचौरमा नचिनेका मान्छेले चलाएको गोलीप्रहारबाट घाइते भएका हुन् । गोली कसले र किन हानेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले घटना लगतै अनुसन्धान जारी राखेको बताए । उनका अनुसार घाइते विसीको बायाँहातको पाखुरामा गोली लागेको छ । उनको उपचार स्थानीय माया नसिङ्ग होममा भईरहेको छ । विसी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । विसी पुरानो घर लाटिकाइली–७ स्थित मोटरसाइकलबाट जाँदै गर्दा अलैयाचौर खोलामा बाटो कुरेर बसेका दुई जनाको समूह मध्ये रातो जकेट लगाउनले गोली चोलाएको घाइतेलाई उद्र्धृत गर्दै प्रहरीले बताएको छ । घाइते विसी यातायात व्यवसायी हुन् ।
No comments:
Post a Comment