Sunday, December 22, 2013

‘मध्यपश्चिम व्यापार तथा पर्यटन मेला–२०७०’ सम्पन्न

लक्ष्य अनुसारको कारोवार भएको दाबि

सुर्खेत, ७ पुस  ।
मंसिर २८ गतेबाट सञ्चालन भएको ‘मध्यपश्चिम व्यापार तथा पर्यटन मेला–२०७०’ आइतबार सम्पन्न भएको छ । मेलाको आइतबार एक समारोहकाबीच समापन गरिएको हो । 
समापन समारोहमा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले करिब दुई लाख मानिसले मेला हेरेको र मेलाबाट १० करोड बराबरको आर्थिक कारोबार भएको बताए । शाहीले मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिममा लगानी अवसर विषयक सेमिनारबाट महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे । 

‘मध्यपश्चिममा प्रशस्तै संभावनाहरु छन् भन्ने थियो तर एकिन भने थिएन्’ उनले भने,–‘संभावनालाई साँघु¥याएका छौँ यसले लगानी गर्न सजिलो हुने छ ।’ सेमिनारबाट मुख्य चार संभावना पर्यटन, कृषि, जलस्रोत र खानी तथा खनिजको अति संभावना भएकाले सो संभावनामा लगानी गर्न उपयुक्त हुने शाहीले बताए  । 
सरकार समक्ष राखिएका मागहरुलाई पुरा गराउनका लागि आफू र उद्योग वाणिज्य संघ तदारुकताका साथ लागि पर्ने उनको भनाई थियो । अध्यक्ष शाहीले मेलाबाट समग्र मध्यपश्चिमको उद्योगी व्यापारीहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए  । उनले स्थानीय स्तरमा लघु घरेलु तथा साना उद्योगबाट उत्पादीत वस्तुहरुको बजर प्रबद्र्धन गर्नुका साथै कला संस्कृतीको संरक्षणमा पनि मेलाले सहयोग पुगेको विश्वास व्यक्त गरे । 
सरकारको सहयोग तथा उद्योग वाणिज्य महासंघको प्रत्यक्ष आयोजनामा गरिएको पहिलो क्षेत्रीय महोत्सवको सुर्खेतबाट सुभारम्भ भएको बताउँदै अध्यक्ष शाहीले यो विकास र लगानीको एउटा राम्रो अवसर भएको बताए । पूर्व गृहमन्त्री तथा सभासद पूर्णबहादुर खड्काले मेला आयोजनाले समग्र आर्थिक विकासमा सहयोग पु¥याउनुका साथै स्थानीय संस्कृती र उत्पादनलाई पर्बद्धन गरेको बताए । 
नीजि क्षेत्रको सहकार्य विना समग्र आर्थिक विकासका गर्न असंभव भएको बताउँदै उद्योग वाणिज्य संघले आर्थिक विकासमा महत्वपूर्ण सहयोग गरेको खड्को भनाई रहेको छ  । मेलामा बोल्ने अधिकांश बक्ताहरुले स्थानीय उत्पादन भन्दा बाहिरी उत्पादनले बढी स्थान पाएको बताउँदै आउँदा दिनहरुमा स्थानीय उत्पादनको पर्बद्धनलाई प्रमुख प्राथमिक्ता दिनुपर्नेमा जोड दिएका थिए । मेलामा सहयोग गर्ने सुरक्षाकर्मी कलाकार, उद्यमी विभिन्न संघ–संस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । 
मध्यपश्चिमका विभिन्न जिल्लाहरुबाट मेलामा स्टल राखेका मध्ये उत्कृष्ठ पाँच लघु उद्यमीहरुलाई पुरस्कृत पनि गरिएको थियो । साँस्कृतिक झाँकी सहित राउटे, सोरठी, सिङगारु, थारु, ग्ररा लगाएतका स्थानीय प्रस्तुती प्रस्तुत गरिएका थिए भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुतीहरु रहेका थिए । 
आयोजकले मेला अबधिभर पाँच लाख दर्शकले मेलाको अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिएकोमा दश करोड बराबरकै कारोबार भएपनि दुइ लाख दर्शकले मेला हेरेको जनाइएको छ ।   

No comments:

Post a Comment