Monday, December 23, 2013

महिलाको आर्थिक स्तरमा वृद्धि भए देशको विकास हुने

सुर्खेत ८ पुष । 
महिलाहरुको जनशक्तिले नेपालको आधा हिस्सा आगटेका कारण विकासका जुनसुकै योजना बनाउनु अघि त्यस क्षेत्रका महिलाको आर्थिक स्तरमा वृद्धि गरिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । 
नेपाल घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतको आयोजना र नेपाल महिला मगर संघ सुर्खेतको आर्थिक सहयोगमा सोमबार वीरेन्द्रनगरमा बेरोजगार महिलाहरुका लागि आयोजित तीन महिने ढाका बुनाई तालिमको उद्घाटन सत्रमा सहभागिहरुले सस्तो बताएका हुन् । 

तालिमको उद्घाटन पश्चात बोल्दै घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका कार्यालय प्रमुख विनोद पन्तले नेपाली समाजमा धेरै जसो घरपरिवारमा महिलाका तुलनामा पुरुषहरु घरमुली भएको पाईएको देखिन्छ । शैक्षिक योग्यताका आधारमा घरपरिवारमा घरमूली हुने चलन भएको भन्दै महिला दिदिबहिनिहरु पनि शैक्षिक योग्यता नभएपनि जुनसुकै सिपहरु सिक्न पछाडि पर्न नहुनेमा पन्तले जोड दिए ।
जनशक्ति तयार र मजबुद हँुदैन तब सम्म कुनै पनि स्थानको विकास सम्भव हुदैन्  उनले थपे अहिलेको नेपालको स्थितिमा अधिकांश नेपाली युवाहरु रोजगारीका लागि विदेशीयका छन् । 
यति बेलाको नेपाली गाउँघरमा बाटोघाटोमा खसेको एउटा ढुङगा उठाउने सम्म मान्छे पाउन मुस्किल र दयनिय अवस्था रहेको छ, प्रमुख पन्तले गुनासो गरे । राष्ट्रिय आदीवासी महिला संघ सुर्खेतकी अध्यक्ष कृष्ण वंशीले जब सम्म महिलाले आर्थिक विकासको हिस्सामा आत्मनिरभर हुन्छन् तब मात्र देश विकासको कल्पना गर्नुपर्ने बताईन । 
राज्यबाटै महिलाहरुलाई हेरिने दृष्टिकोण फरक भएको भन्दै विभिन्न तालिम तथा सिप सिकी नेतृत्व विकासमा अगाडी बढ्नुपर्ने उनको भनाई थियो । तालिमबाट मात्र नभई व्यवसायीक पशुपालन, तरकारी खेतीबाट आफूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै गएमा आर्थिक क्रान्ति हुन सक्थ्यो अध्यक्ष वंशीले भनिन् । 
साथै गत वर्षहरुमा महिलाहरुका निम्ति घरेलु तथा साना उद्योग र जिविस सुर्खेतबाट अनुदान रकम ल्याएर ढाका र गलैचा बुनाई तालिमहरु दिईदै आएको समेत उनले जानकारी दिईन् । त्यस्तै काँक्रेविहार विकास बैंक सुर्खेतका कार्यकारी प्रमुख कर्णबहादुर सिजापतीले तालिमहरु सिकेर मात्र नहुने भन्दै सिकेको कुराहरु व्यवहारमा उतारी प्रत्येक महिलाहरु उद्यमी बन्नु तालिमले सार्थकता पाउने बताए । 
ढाँका बुनाई तालिम सिकेर आत्मनिर्भर बन्ने इच्छा भए आर्थिकले कुनै असर नगर्ने भन्दै आर्थिक सहयोगका लागि आफ्नो तर्फबाट जुनसुकै बेलापनि तयार रहेको प्रतिबद्धता व्यक्त गरे । यस्ता तालिमहरु यस अघिका दिनहरुमा दिँदै आएको भएतापनि तालिमहरुले दिगोपना पाउन नसकेको बताए । 
कार्यक्रममा नेपाल महिला मगर संघ सुर्खेतकी निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाकार नन्दा सिजापती, सिद्धार्थ सञ्चार संस्थाका अध्यक्ष डिलबहादुर वंशी लगायतले आफ्नो भनाई राखेका थिए । तीन महिनासम्म सञ्चालन गरिने तालिममा वेरोजगार २० जना महिलाहरुको सहभागिता रहने छन् । 

No comments:

Post a Comment