Monday, December 23, 2013

शुल्क घटाउन माग राख्दै विद्यार्थी आन्दोलित

सुर्खेत, पुस ८ । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मासिक रुपमा लिइने शुल्क घटाउन माग गर्दै आन्दोलीत भएका छन् । मानविकि संकायका विभिन्न विषय अध्ययनरत विद्यार्थीहरुले अनुचित रुपमा शुल्क लिइएको भन्दै आन्दोलनको सुरु गरेका हुन् । 

पत्रकारिता, द्धन्द्ध र शन्ति अध्ययन, सोसियल वर्क एमए तथा विए र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरुले सोमबार संयुक्त रुपमा आन्दोलनको पहिलो चरणअनुरुप यस संकायका प्राज्ञिक निर्देशक मार्फत उपकुलपति पदमलाल देवकोटाको ध्यानाकषण गराएका छन् । शुल्क घटाउनु पर्ने एउटा मात्रै माग राखि सोमबार विहान विद्यार्थीहरुले रजिष्ट्रार, डीनलाई समेत बोदार्थ राखि ध्यानाकर्षण पत्र प्राज्ञिक निर्देशकलाई बुझाएका हुन् । 
विद्यार्थीहरुले चारवटै वियहरुको शूल्क घटाएर अन्य विषयको बराबर गराउनु पर्ने भन्दै माग पुरा गर्नको लागि तीन दिनको अल्टिमेटम दिएका छन् । पौष ११ गतेसम्म माग पुरा नगरिए सम्पूर्ण पठनपाठन अवरुद्ध गर्ने र नवआगन्तुक विद्यार्थीहरुलाई समेत भर्ना नहु““न आव्हान गर्नुका साथै कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरुको छ । 
द्वन्द्व र शान्ति अध्ययनका विद्यार्थीहरुले त विश्वविद्यालयले यस अघि लिएको मिडटर्म परीक्षासमेत बहिस्कार गरिसकेका छन् । पत्रकारिताको मासिक शुल्क दुई हजार रहेको छ भने द्वन्द्व र शान्ति अध्ययनको मासिक तीन हजार र अन्तर्राष्ट्रिय सम्बन्ध तथा सोसियल वर्कको पनि उति नै शुल्क रहेको छ । 
विद्यार्थीहरुले विश्वविद्यालयले पढाई सुरु गरेदेखि नै शुल्क घटाउन आन्दोलन गरेपनि मानविकि संकायका नया“ विषयहरु पत्रकारिता द्वन्द्व र शान्ति, अन्तर्राष्ट्रिय सम्बन्ध र सोसियल वर्कको शुल्क घटाइएको थिएनन् ।

No comments:

Post a Comment