सुर्खेत ८ पौष ।
दुई दिने अभिमुखिकरण तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वय र जिल्ला विकास विकास समितिको कार्यालय सुर्खेतले तालिमको आयोजना गरेको हो ।
जिल्लामा बालमैन्त्री स्थानीय शासनका बारेमा स्थानीय समुदायलार्य सचेतना गराउने उद्देश्यले अभिमुखिकरण तालिमको आयोजना गरिएको स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले बताए ।
जिल्लाका विद्यालयदेखि स्थानीय स्तरमा बालबालिकालाई गरिने व्यवहारलाई परिवर्तन गरिने बालबालिकालाई मान्ने हुने भाषा लगायतको बारेमा तालिमको विषय रहेको जनाईएको छ ।
आज सम्म सञ्चालित तालिममा जिल्लाका राजनीतिक दल, शिक्षक, विद्यार्थी, नागरिक समाज, मानवअधिकारकर्मी, संघ, संगठन र पत्रकारहरुको उपस्थिति रहेको थियो । तालिम विहान ७ः३० देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाईएको छ ।
No comments:
Post a Comment