सुर्खेत ९ पौष ।
जिल्लामा रहेका स्थानीय निकायहरुलाई बालमैत्री बनाउने तयारीका साथ दुई दिन सम्म सञ्चालन गोष्ठीले मङ्गलबार वीरेन्द्रनगरमा प्रतिबद्धता पत्र घोषणा गरेको छ । गोष्ठीमा सहभागि जिल्ला स्थित विभिन्न राजनीतिक दल, स्थानीय निकाय र सरकारी कार्यालयका प्रमुखहरुले ९ बुद्धे बालमैत्री स्थानीय शासनको प्रतिवद्धता गरेका हुन् ।
देशभरीका ६२ वटा जिल्लाहरुमा रहेका स्थानीय निकायहरुलाई बालमैत्री स्थानीय शासन लागु गराउने योजना शुरु भईसकेपछि सुर्खेतमा पनि तयारीका साथै स्थानीय सरोकारवालाहरुको प्रतिबद्धता गराईएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वीरेन्द्रनगरमा बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने गोष्ठीको आयोजना गरी सुर्खेतमा रहेका विभिन्न स्थानीय निकायहरुलाई बालमैत्री स्थानीय शासन लागु गर्ने उद्देश्यले प्रतिबद्धता जनाईएको छ ।
दुई दिने बालमैत्री स्थानीय शासन अभिमुखिकरण कार्यक्रमका सहभागिाहको नीतिगत सहमतिमा जिल्लामा बालमैत्री स्थानीय शासन लागु प्रतिबद्धता गरेका छन् । स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्री, जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याय, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका होतराज लम्साल, जिल्ला प्राविधिक कार्यालय सुर्खेतका रेवतीमणी पराजुली, राप्रपा नेपालका सुर्खेतका अमृत राना, समाजवादी जनता पार्टी सुर्खेतका भगवानप्रसाद जैसी, नेकपा माओवादी सुर्खेतका प्रसान्त आर.सी, नेकपा एमालेका तेजविक्रम बस्नेत, एकीकृत नेकपा माओवादी सुर्खेतका कृष्णबहादुर जि.सी, जिल्ला पशुसेवा कार्यालय सुर्खेतका जीवराज पौडेल, गाविस सचिव हकहित संरक्षण केन्द्रका तिलकराम अधिकारी, जिल्ला कृषि विकास कार्यालय सुर्खेतका सुरेशकुमार थापा, राष्ट्रिय जनमोर्चा सुर्खेतका लालबहादुर नेपालीले बालमैत्री स्थानीय शासन लागु गराउन बनाईएको प्रतिबद्धतामा सहमति जनाउदै हस्ताक्षर गरेका छन् ।
प्रतिबद्धतामा भनिएको छ, हामी शिक्षा कार्यालय सुर्खेत जिल्लाका सबै गाउँ विकास समिति, नगरपालिका तथा जिल्लाको एकीकृत बालबालिका प्रोफाईल तयार गर्नेछौ, जिल्लाका सबै गाउँ विकास र नगरपालिका तथा जिल्लाको एकीकृत बालमैत्री स्थानीय कार्ययोजनाको तयार गर्नेछौँ । त्यस्तै स्थानीय निकायको कुल पूँजीगत बजेटको कम्तिमा १५ प्रतिशत बजेट र अन्य सबै साझेदार संस्थाहरुको निश्चित बजेट बालबालिकाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने् कार्यक्रमका लागि विनियोजन गर्नुका साथ्रै गाउँ, नगर र जिल्लाको एकीकृत लगानी योजना समेत तयार गर्नेछौँ प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
जिल्लामा बालमैत्री स्थानीय शासन लागु गर्न गाउँ बस्तीस्तरको योजना तर्जुमा प्रक्रिया नै बालबालिका सम्बन्धी आयोजना तथा कार्यक्रमहरु छलफल, प्राथमिकीकरण र छनोट गर्ने कार्यलाई संस्थागत गर्नेछौँ, स्थानीयस्तरका विकास प्रक्रियामा बालबालिकाको अर्थंपुर्ण सहभागिता सुनिश्चित गर्नेछौँ, तयार गरेको बालमैत्री योजना कार्यान्वयन गरी बालमैत्री स्थानीय शासनका निर्धारित नतिजा तथा सूचकहरु प्राप्त गर्नेछौँ प्रतिबद्धतामा भनिएको छ । साथै आगामी पाँच वर्षभित्रमा जिल्लामा कम्तिमा पच्चिस वटा गाउँ विकास समिति र एक नगरपालिकालाई बालमैत्री गाविस÷नगरपालिका घोषणा गर्नेछौ, अन्य गाउँ विकास समिति र नगरपालिकालाई समेत बालमैत्री गाविस÷नगरपालिका घोषणा गर्न निश्चित कार्ययोजना तयार गरी क्रमश. कार्यान्वयन गर्ने, बालमैत्री स्थानीय योजनाको अनुगमन, मूल्याङ्कन, समिक्षा गर्ने र नियमित रुपमा बालबालिका सम्बन्धि स्थितिपत्र सार्वजनिक गर्नेछौँ भनी नौ बुँदे बालमैत्री घोषणापत्रमा प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
सोही अवसरमा जिल्लालाई बालमैत्री स्थानीय शासन लागु गर्न स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल, जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टंकप्रसाद चापागाई, जिल्ला प्रहरी महिला सेलका उषा बस्नेत, महिला तथा बालबालिका कार्यालयका विश्वमणी जोशी, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष डिल्लुप्रसाद घिमिरे सदस्य रहेका छन् । त्यसैगरी समितिको सदस्यमा बाल कल्याण अधिकृत रमा भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, गाविस महासंघका गणेश वली, जिल्ला वाल क्लवका विनोद कँडेल, संजिता सुनार र टंकप्रसाद लामिछाने समेत चयन भएका छन् ।
No comments:
Post a Comment