सुरक्षा सतर्कता बढाइदै
सुर्खेत, ९ पुस ।
केही दिन अगाडी दुई जनामाथी गोली प्रहार भएपछि जिल्ला प्रसाशनले सुरक्षा सर्तकता बढाएको छ । सुरक्षा व्यवस्था मजवुद बनाउने विषयमा जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा मंगलबार नागरिक समाज, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरुसंग छलफल पनि गरिएको छ ।
केही दिन अगाडी यरिचौक र लाटिकोइलीको रहरपुरमा भएको गोली प्रहार कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भने घटनाको अनुसन्धान भैरहकोले केही दिनमै अपराधी पत्ता लगाउने आश्वासन दिएका छन् ।
मंगलबार जिल्ला प्रसाशनमा भएको छलफलमा एसपी अधिकारीले प्रहरीले आफ्नो अनुसन्धान कार्यलाई तीब्रता दिइरहेको बताए । उनले डिएसपीको नेतृत्वमा छ जनाको टोलीले विशेष रुपमा घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए ।
जनशक्तिकोकमी र क्षेत्रीय स्तरको महोत्सवको सुरक्षा व्यवस्था गर्दा बाहिरी सुरक्षा परिचालनमा कमजोरी भएको महशुस गरेको एसपी अधिकारीको भनाई छ । समग्र जिल्लाको शान्ति सुरक्षालाई मजबुद पार्न गलत र आपराधिक क्रियाकलाप सञ्चालन गर्ने व्यक्ति र समूहका बारेमा सूचना दिएर सहयोग गर्न सर्बसधारणलाई उनको आग्रह छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले नागरिक र प्रसाशन हातेमालो गरेर अगाडी बढे मात्र शान्ति सुरक्षा कायम राखी शान्त सुर्खेत बनाउन सकिनेमा जोड दिए । शान्ति सुरक्षा कायम गर्न प्रशासन लागि परेको र अपराधिक क्रियाकलाप रोक्न नागरिक पनि तत्पर हुनुपर्ने उनको भनाई रहेको छ । सरोकारवाला सबैको उद्देश्य जिल्लामा शान्ति सुरक्षा कायम गर्नुनै भएको बताउँदै प्रजिअ कुँवरले गोली प्रहारमा संलग्नलाई छिटो भन्दा छिटो कानुनी कठघरामा ल्याउने जिकिर गरे ।
एक÷दुई दिनकै फरकमा सुर्खेतमा गोली प्रहार भएपछि प्रशासनले सतर्कता अपनाएको जनाइएको छ । नागरिकहरुले प्रहरी समक्ष असुरक्षित महशुस भएकाले सुरक्षा प्रदान गरिदिन माग समेत गरेका थिए ।
सुरक्षा व्यवस्थालाई कडाई गर्न सुर्खेत उपत्यका भित्रिने नाका तथा उपत्यकाका पनि केहि चौकहरुमा चेकजाँचको कार्य गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसबारे थप रणनीति पनि बनेको बताएको छ । बैठकमा बरिष्ठ अधिबक्ता भुषणकुमार मानन्द्यरले संविधानसभा सदस्य निर्वाचन सकिए लगतै गोली प्रहारका घटना भएकाले सो घटनाका विषयमा गहिरो अध्ययन गरी वास्तविकता पत्ता लगाउनुपर्ने औल्याए ।
प्रहरीलाई मात्रै सुरक्षाको दोष नदिई सर्बसाधारणहरुले समेत सुरक्षा संबेदनशिलता बुझेमा मात्रै शान्ति सुरक्षा कायम राख्न सकिने उनको तर्क थियो । उपस्थित राजनीतिक दल, नागरिक समाजका अगुवाहरु र पत्रकारहरुले शान्ति सुरक्षाको ग्यारेन्टि गरी सर्बसाधारणहरुलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन प्रशासन समक्ष माग गरेका थिए ।
साथै अबैध हात हतियार नियन्त्रण तथा भित्रिन रोक्नका लागि छिमेकी जिल्लाहरुमा रहेका सिमा नाकामा कडाई गर्न तथा चेक जाँचलाई समेत निरन्तरता दिन पनि सहभागीहरुले सुझाब दिएका थिए । पुष ४ गते यरिचोकमा स्वास्थ्यकर्मी प्रेमप्रसाद न्यौपाने र लाटिकोइलीका भुपेन्द्र विसीमाथी ६ गते अलाचौरमा गोली प्रहार भएको थियो । भने २८ गते वीरेन्द्रनगर–१ का व्यवसायी गंगाराम सुनारमाथी आक्रमण भएको थियो । आक्रमणका एक जना दोषि मात्रै पक्राउ परेपनि अन्य भने फरार रहेको सुचिमा राखेर प्रहरीले खोजी तर्फ कुनै चासो दिएको छैन् ।
No comments:
Post a Comment