Thursday, December 26, 2013

बुधबार युगारम्भको लोकर्पण हुने

सुर्खेत, ११ पुस ।
नाटककार तथा साहित्यकार गणेशभक्त गौतमको पहिलो नाटकसंग्रह युगारम्भ यही पुष १७ गते बुधबार लोकर्पण हुने भएको छ ।  वाङ्मय चौतारी नेपाल र आरंग नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको घण्टाघरमा हुने कार्यक्रममा ‘युगारम्भ’ नाटक समेत मंचन गरिने आयोजकले जानकारी दिएको छ ।

तीन दशकअघिदेखि नाट्य क्षेत्रमा क्रियाशील गौतमको नाटक संग्रहमा युगारम्भ, सतिकलसा लगायतका १२ वटा नाटक संग्रहित छन् । २०२७ पुष १७ गते जन्मिएका गौतमले नेपाली चलचित्र बन्धकीमा अभिनय गर्नुका साथै तीन दर्जन बढी नाटकको लेखन, निर्देशन तथा अभिनय गरेका छन् ।  देशका विभिन्न जिल्लाहरुमा नाटक मंचन गरिसकेका छन् गौतमका थुप्रै फूटकर रचनाहरु प्रकाशित भईसकेका छन् । 
जन्मदिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको गौतमले बताए । बागिना समूह सुर्खेतका संस्थापक अध्यक्ष समेत रहेका गौतम अहिले वाङ्मय नेपाल र आरंगको नेपालको अध्यक्ष हुन् । गौतम पेशाले स्वास्थ्यकर्मी पनि हुन् ।  

No comments:

Post a Comment