सुर्खेत, ११ पुष ।
काफ्लकोट गाउँ विकास समितिका सचिव लालबहादुर खड्काले गाविसका योजना छनौट, भेला र गाउँ परिषदमा समेत एकलौटी गरेको आरोप लगाईएको छ । विगतदेखिनै अनियमितता गर्दै आफ्नो गल्ती लुकाउन एकलौटी रुपमा काम गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दलका प्रतिनीधिहरुले गाउँ परिषदको पूर्व तयारी बैठक बहिस्कार गरेका छन् ।
नेकपा एमाले, एनेकपा माओवादी, नेकपा–माओवादी सहितका दलहरुले तयारी बैठक बहिस्कार गर्दै विहिबार जिल्ला विकास समितिमा पुगि स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
गाविस स्तरका विभिन्न योजना छनौट, साक्षरता कार्यक्रम संचालन सहितका अन्य विभिन्न गतिविधिहरुमा नेपाली काँग्रेस नजिकका व्यक्तिहरुलाई मात्रै साथमा लिँदै उनीहरुको अनुकुलको काम गरेको अन्य दलका प्रतिनीधिहरुले आरोप लगाएका छन् ।
रामघाट गाविसमा सरुवा हुँदा समेत उनी आफ्नो गाविसमा नगई काफ्लकोट गाविसमानै बसी एउटा दल अनुकुलको काम गरिरहेको हुँदा तत्काल छानविन गरी कारवाही गर्न अन्य दलका प्रतिनीधिहरुले माग गरेका छन् । ध्यानार्कषण गर्न पुगेका दलका प्रतिनीधिहरुलाई स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीले तत्काल कार्यलयमा बोलाएर सोधपुच्छ गर्ने प्रतिवद्धता जनाएका छन् ।
No comments:
Post a Comment