Tuesday, December 24, 2013

उमावि स्तरीय निबन्ध प्रतियोगिता हुँदै

सुर्खेत, ९ पुष ।
विपि चिन्तन प्रतिष्ठान सुर्खेतले उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । मेलमिलाप दिवसका अवसरमा प्रतिष्ठानले देशव्यापी रुपमा राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । त्यसको जिल्ला स्तरमा छनौट प्रतियोगिता हुने जनाईएको छ ।

विपि चिन्तन प्रतिष्ठान सुर्खेतको मंगलबार वीरेन्द्रनगरमा सम्पन्न कार्यसमितिको बैठकले निबन्ध प्रतियोगिता संचालन सहितका विभिन्न निर्णयहरु गरेको थियो । प्रतिष्ठानका निर्णय सार्वजनिक गर्दै अध्यक्ष शुशिल शर्माले यही पौष २७ गते भित्र जिल्ला स्तरमा छनौट प्रतियोगिता गर्ने र त्यसबाट उत्कृष्ट भएका निबन्धलाई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिका लागि पठाउने जानकारी दिए ।
विपि र आज शीर्षकमा आयोजित निवन्ध प्रतियोगितामा जिल्लामा उत्कृष्ठ हुने सबैलाई सम्मान गर्नुका साथै प्रथम र द्धितीय निवन्धलाई राष्ट्रिय स्तरको प्रतियोगितामा पठाईने अध्यक्ष शर्माले जानकारी दिए ।
निवन्ध प्रतियोगिता आयोजना गर्नका लागि डिवि गुरुङको संयोजकत्वमा तीन सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यमा पूर्णबहादुर नेपाली र रुपेश खत्री रहेका छन् ।
राष्ट्रिय स्तरको प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना हुने ३ जनालाई दश÷दश हजार नगद सहित पुरस्कृत गरिने जनाईएको छ ।
नेपाली काँग्रेस सुर्खेतका उपसभापति भुपेन्द्रबहादुर थापाको विशेष उपस्थिति तथा प्रतिष्ठानका अध्यक्ष शुशिल शर्माको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा धन्यवाद समेत व्यक्त गरेको छ ।

No comments:

Post a Comment