सुर्खेत ०९ पौष
साक्षरता अभियानलाइ सफल बनाउन साटाखानीका स्थानीय राजनितिक दल तथा गा.वि.स परिवारले निरक्षरता उन्मुलन गर्ने संयुक्त प्रतिवद्धता गरेका छन् । जिल्ला शिक्षा कार्यालय सुर्खेत र मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतद्धारा साटाखानीका ९ वार्डमा संचालन हुन लागेको अनौपचारीक शिक्षा कार्यक्रमलाई सफल बनाइ, चालु आ.ब. मा निरक्षरता उन्मुलन गर्न सर्वदलिय प्रतिवद्धता गरिएको गाविस सचिव देबबहादुर विसीले जानकारी दिए ।
गा.वि.स. मा बसेको सर्वदलिय बैठकले यस आर्थिक बर्षमा गाउँ विकास समितिबाट सेवा सुविधा लिँदा अनिवार्य रुपमा हस्ताक्षर गर्नुपर्ने निर्णय गरेको छ । साथै आउँदो आर्थिक वर्षमा आफ्नो नाम लेख्न नसक्ने र ल्याप्चे लगाउनेलाई उपभोक्ता समितिमा पनि नराख्ने निर्णय गरिएको सचिव विसीले जानकारी दिए ।
कार्यक्रममा हुरेक नेपालका अध्यक्ष गणेश वलीले यस साक्षर सुर्खेतलाई सफल बनाउन गा.वि.स परिवार र स्थानिय राजनितिक दलहरुको प्रतिवद्धताले सहयोग पु¥याने भन्दै, प्रतिवद्धताको कार्यान्वयन गर्न आग्रह गरे । गाविसमा रहेका करिव बाह्रसयलाई साक्षर बनाउने काम चुनौतीपुर्ण भएको भन्दै सवैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत वलीले अनुरोध गरे ।
No comments:
Post a Comment