Saturday, December 14, 2013

वीरेन्द्रनगर जेसिजको सप्ताह शुरु

सुर्खेत, २९ मंसिर ।
वीरेन्द्रनगर जेसिज सुर्खेतको जेसिज सप्ताह २०१३ शनिबारदेखि शुरु भएको छ । स्थानीय मंगलगढी चोकदेखि ¥यालीको आयोजना गरिएको थियो । सप्ताहको कार्यक्रम उद्घाटन गर्दै क्षेत्र नं.२ बाट विजयी भएका संविधानसभा सदस्य नेपाली काँग्रेसका हृदयराम थानीले जेसिज सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै यस सप्ताह युवाहरुको प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । 

उनले सबैले जेसिज आन्दोलनमा लागेर युवाहरुले आफनो व्यक्तित्व विकास गरेर नेतृत्व गर्नु सिक्नु पर्नेमा जोड दिए । उनले वीरेन्दनगर जेसिजलाई सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । 
त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर जेसिजका संस्थापक महासचिव शम्भु पन्तले जेसिजमा लागेका सबै युवाहरुलाई आफु सगं भएको अथाह शक्तिलाई नेतृत्व गर्न आवश्यक रहेको बताए । उनले जेसिजबाट धेरै ज्ञान लिन सकिने भएकाले जेसिजको प्रशिक्षण लिन आवश्यक रहेको बताउँदै सबै युवाहरुलाई जेसिज अभियानमा लाग्न आग्रह गरे । 
कार्यक्रमको सफलताको शुभकामना दिँदै वीरेन्दनगर जेसिजले कणाली जेसिज, महिला जेसिज, वीरेन्दनगर जुनियर जेसिज र दैलेख जेसिजको विकासका लागि महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताए । 
कार्यक्रममा वीरेन्दनगर जेसिजका पुर्व अध्यक्ष बसन्त थापा, पूर्णबहादुर नेपाली, भद्र भण्डारी र सरस्वति बस्नेत, सुर्खेत महिला जेसिजकी संस्थापक अध्यक्ष सिमा चन्द महिला जेसिजकी वर्तमान अध्यक्ष लगाएत कर्णाली जेसिज, वीरेन्द्रनगर जुनिएर जेसिज लगायतका पदाधिकारीहरुको सहभागागिता रहेको थियो ।  जेसिज सप्ताह पुस २ गते सकिने जानकारी दिँदै विभिन्न कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

No comments:

Post a Comment