Saturday, December 14, 2013

वृद्धवृद्धाद्वारा सभासद्हरुलाई सम्मान

सुर्खेत, २९ मंसिर ।
प्रशान्ति वृद्धाश्रमका वृद्धवृद्धाहरुले दोस्रो संविधान सभामा विजयी भएका संविधान सभा सदस्य दुई जनालाई शनिबार एका कार्यक्रमवीच सम्मान गरेका छन् । सुर्खेत क्षेत्र नं. २ का सभासद् हृदयराम थानी र क्षेत्र नं. ३ बाट विजयी भएका तप्तबहादुर विष्टलाई सम्मान गरेका छन् । 

शनिबार प्रशान्ति वृद्धाश्रममा आयोजना गरिएको कार्यक्रममा उनीहरुले संविधान लेखन कार्य सफल होस भन्दै सम्मान गरेका थिए । उनीहरुले अव बन्ने संविधान सभामा जेष्ठ नागरिकहरुका समस्या सम्बोधन गरिनुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले छिट्टै संविधान बनोस भन्ने विश्वास व्यक्त गरेका छन् । 
सम्मान कार्यक्रम पछि बोल्दै क्षेत्र नंं. २ बाट विजयी भएका संविधानस सभा सदस्य हृदयराम थानीले प्रशान्ति वृद्धआश्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले प्रशान्ति वृद्धआाश्रमको विकास गर्नको लागि सबैबाट सहयोग भयो भने मात्र सफल हुने जोड दिए । 
उनले वृद्धाआश्रमको उन्नति र प्रगतिको लागि आफु सधै लाग्ने आश्वासन दिए । त्यस्तै क्षेत्र नं. ३ बाट विजयी भएका संविधानस सभा सदस्य तप्तबहादुर विष्ठले वृद्धाश्रमको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सम्पुर्ण वृद्धवृद्धालाई धन्यवाद दिँदै नीति निर्देशन अनुसार काम गर्न संधै आफु लागि पर्ने बताए । 
यसै गरी कार्यक्रममा प्रशान्ति वृद्धाआश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले वृद्धाश्रमको सम्पुर्ण विकासका लागि सभासद्हरुले सक्दो सहयोग गर्नुपर्ने बताए । उनले वृद्धाश्रमलाई क्षेत्रीय स्तरको बनाउन, वृद्धाश्रमको भवन निर्माण गर्नको लागि र वृद्धावृद्धहरुको मन जित्नको लागि सभासदृहरुले सहयोग गर्नुपर्ने जोड दिए । पर्ने सबै उनले वृद्धाहरुलाई भगवानसरी हुने भएकाले जहिले पनि उनीहरुको सम्मान गर्नुपर्ने उल्लेख गरे । 

No comments:

Post a Comment