सुर्खेत, २९ मंसिर
साहित्यकार खडानन्द भट्टराईद्वारा लिखित आमा शोककाव्यको शनिबार वीरेन्द्रनगरमा विमोचन गरिएको छ । वाङमय चौतारी नेपाल सुर्खेतको आयोजनमा स्रष्टा भट्टराईको तीस पृष्ठ लामो उक्त शोक काव्य विमोचन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं कार्यक्रमका प्रमुख अतिथि डाक्टर दीपक गौतमले कृतिको विमोचन गर्दै सरल भाषाशैली र लोकलयमा लेखिएको खण्डकाव्यले नेपाली साहित्यमा महत्वपूर्ण स्थान राख्ने बताए । खण्डकाव्यका हिसाबले आमा काव्य सुर्खेतकै पहिलो कृति हुनसक्ने डा. गौतमले बताए ।
यस्तै कृतिकार भट्टराईले जन्मदिने आमा पार्वती भट्टराईको अन्तिम अनुहार आफूले हेर्न नपाएको चर्चा गर्दै यसै सन्दर्भमा यो शोककाव्य लेखिएको उल्लेख गरे । स्रष्टा भट्टराईले २० वर्ष पहिले २०४९ सालमा मन र जीवन खण्डकाव्य प्रकाशन गरिसकेका छन् ।
स्नातकसम्म अध्ययन गरका भट्टराई शिक्षक पेशाबाट सेवानिवृत्त भएका बसेका छन । उनका सोतखोलाको सेरोफेरो, मेरो सानो फुच्चे कविता संग्रह, तिमीले मलाई विर्से है सायरी संग्रह लगायत कथा तथा गीतसंग्रहरु समेत प्रकाशनको तयारी छन् । टिकाप्रसाद पोखरेल, ऋषि शर्मा लगायतका स्रष्टाहरुको सहभागिता रहेको विमोचन कार्यक्रम संस्थाका उपाध्यक्ष युवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
No comments:
Post a Comment