Monday, December 16, 2013

२६ गाविसका २९ हजार साक्षर हुँदै

गोविन्द खत्री 
सुर्खेत, १ पुस । 
निरक्षता हटाई ‘साक्षर सुर्खेत’ बनाउने अभियान अन्र्तगत जिल्ला शिक्षा कार्यालय सुर्खेतले यस बर्ष यहाँका झण्डै २९ हजार मानिसलाई साक्षर बनाउने कार्यक्रम सुरु गरेको छ । सुर्खेतका २६ गाविसहरुको एक हजार १३ स्थानमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 
गत बर्षबाट सुरु गरिएको निरक्षरता न्यूनिकरण कार्यक्रम अन्र्तरगत यस बर्ष पनि सञ्चालन गर्न लागिएको जिल्ला शिक्षा सुर्खेतका अनौपचारिक शिक्षा शाखा अधिकृत खिमप्रसाद ढकालले जानकारी दिए । 
ढकालका अनुसार सञ्चालनका लागि विभिन्न संस्थाहरुलाई अनुमति दिने काम समेत भैसकेको छ । कोटा (कक्षा) मार्फत २० हजार २ सय ६५ जनालाई साक्षर बनाउने र ‘योगदान’ प्रणाली मार्फत ८ हजार ६ सय ८५ जनालाई  साक्षर बनाउने लक्ष्य रहेको अधिकृत ढकालले जानकारी दिए । 

उनले एउटा कक्षामा २० जना समावेश गरी सहजकर्ता मार्फत तीन महिना कक्षा सञ्चालन गरिने र योगदान मार्फत भने व्यक्तिगत रुपमा विना पारिश्रमिक २० जना भन्दा कम समूहमा पढाइने बताए  । कक्षा सञ्चालन र अनुगमनका लागि संस्था छनौट गरिसकिएको बताउँदै उनले सो गाविसहरुमा यही पुस १५ गतेबाट कक्षा सञ्चालन गरिने बताए । 
जिल्लाका लगाममा १६, बिजौरामा ४२, छाप्रेमा ३६, हरिहरपुरमा ३७ तथा गुटुमा, तरंगा,  सालकोटमा र पोखराकाँडा ४५ वटा कक्षाहरु सञ्चालन गरिने जनाइएको छ ।  त्यसैगरी रानीवासमा ३४, मटेलामा ५०, पाम्कामा २४, जर्बुटामा २०, साटाखानीमा ४५, घोरेटामा २४, राकम ३२, बजेडीचौर ३६, खानीखोला २४, डाँडाखाली २७, सहारे र मैनतडामा ४५÷ ४५ वटा कक्षाहरु सञ्चालन गरिने छ । लेखपराजुलमा ५०, घुमखहरे २४, गुमी १५,आग्रीगाउँ २७ कक्षा सञ्चालन गरिने छन् भने रजेना र नेटामा २६÷२६ सञ्चालन गरिने बताइएको छ । 
अन्य विभिन्न ठाउँमा गरी एक सय १८ कक्षाहरु सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी अधिकृत ढकालले जानकारी दिए । कार्यालयका अनौपचारिक शिक्षा संयोजक पूर्ण रिजालका अनुसार आउँदो बर्ष सुर्खेत जिल्लालाई पूर्ण साक्षरता जिल्लाका घोषणा गर्ने योजना अनुसार गत बर्ष विभिन्न १४ गाविसहरु र वीरेन्द्रनगर वडा नं. १ मा साक्षरता न्यूनीकरणका कक्षाहरु सञ्चालन गरी १२ हजारलाई साक्षर बनाईसकिएको छ । 
जिल्लामा करिब ५० हजार मानिस निरक्षर रहेकोमा यस पछि करिब ११ हजार मात्रै निरक्षर रहने जिल्ला शिक्षाको अनुमान रहेको छ । रिजालका अनुसार सामान्य हिसाब राख्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम लेख्न सक्ने, अंक र अक्षर चिन्ने सक्नुलाई साक्षरताको न्यूनतम मापदण्ड मान्निछ । 

No comments:

Post a Comment