सुर्खेत, १ पुस ।
सुर्खेत कुनाथरी–१ चेपाङका धनबहादुर सिँजाली मगरले आफ्ना मृगौला पीडित छोरा यामबहादुर सिजालीको जीवन रक्षाका लागि सहयोगको आग्रह गरेका छन् । दुई बर्षदेखि मृगौलाको उपचार गराइरहेका सिँजालीलाई हाल भक्तपुर स्थित मानवअंग प्रत्यारोपन केन्द्रमा उपचार गराइरहेको बुबा धनबहादुरले जानकारी दिए ।
उपचारको क्रममा करिब १२ लाख खर्च भैसकेको र मृगौला प्रत्यारोपणका गर्नका लागि डक्टरले अरु १२ लाख रुपैयाँ लाग्ने बताएपछि धनबहादुरले सबैसँग आर्थिक सहयोगका लागि अनुरोध गरेका हुन् । हाल वीरेन्द्रनगरमा जारी मध्यपश्चिमाञ्चल क्षेत्रीय नेपाल व्यापार तथा पर्यटन मेलाको १९ नम्बर स्टलको नजिकै सहयोगलागि दान पेटिका राखेको यामबहादुरले जानकारी दिए । साथै काँक्रेबिहार विकास बैंक सुर्खेतमा रहेको ११२०११००७७४ नम्बरको खातामा पनि पैसा जम्मा गर्न सकिने उनले बताए ।
No comments:
Post a Comment