Saturday, December 28, 2013

श्रमद्धानबाट १० किलोमिटर बाटो निर्माण

सुर्खेत, १२ पुस । 
पश्चिम सुर्खेतको तातापानी गाउँ विसका समितिका स्थानीयवासीहरुले श्रमद्धान मार्फत करिब १० किलोमिटर मोटर बाटोको पुन निर्माण गरेका छन् । 

गाविसको वडा नं. २ कुइनेदेखि वडा नं ९ जामुसम्मको मोटरबाटो पुन निर्माणगरी फराकिलो बनाएका हुन् । गाविस सचिव तिलकराम अधिकारीको अगुवाइमा वसेको सर्बपक्षिय भेलाले श्रमद्धान मार्फत बाटो पुन निर्माण गर्ने निर्णय गरेको थियो । विकासका लागि सरकारको मुख ताक्नु मात्र नभई आफ्नै सक्रियतामा समेत लाग्नु पर्छ भन्ने मान्यताका साथ श्रमद्धान गरेका स्थानीयवासीले जामुहुँदै कैलाली जोड्ने मोटरबाटो निर्माण गर्नका लागि भेरी र कर्णाली नदिमा पक्की पुल निर्माण गर्न सरकारसमक्ष माग गरेका छन् । 

No comments:

Post a Comment