सुर्खेत, १२ पुस ।
खुल्ला दिसामुक्त घोषणा गरिएको बाबियाचौर गाविसमा पूर्ण रुपमा कार्यन्वयन नभएपछि सरोकारवालाहरुको शुक्रबार बसेको बैठकले सरकारी कामकाजमा सरसफाई कार्ड अनिवार्य गराउने निर्णय गरेको छ ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको उपस्थतिमा गाविस स्थित सरोकारवालाहरुकोे बैठकले माघ १ गतेबाट लागु हुनेगरी गाविस कार्यालयबाट हुने कुनै पनि सरकारी सेवा लिन सरसफाई कार्ड अनिवार्य गरिकोे पश्चिम सुर्खेतबाट अम्मर कार्कीले जानकारी दिएकाछन् । बाबियाचौर गाविसलाई २०६८ जेठ २५ गते खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।
No comments:
Post a Comment