Saturday, December 28, 2013

कटकुुवा सामुदायीक वनको अध्यक्षमा सुनार

 सुर्खेत १२ पुस । 
कटकुवा सामुदायीक वन उपभोक्ता समूह इत्राम ८ सुर्खेतको १२ औँ वार्षिक भेलाले गंगाराम सुनारलाई समूहको अध्यक्षमा चयन गरेको छ । उपभोक्ता समूहको शुक्रबार सम्पन्न भेलाले सुनारको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा पदमबहादुर बिष्ट, सचिवमा चन्द्रा हमाल, सह सचिवमा राजु परियार र कोषाध्यक्षमा फत्तबहादुर सोती मगर चयन भएका छन् । भेलामा उपभोक्ताका छोराछोरी मध्ये २०६९ सालको प्रवेशिका परीक्षामा उत्कृष्ठ अंक ल्याउने विष्णु गुरु¬ण्ण् र तारा वि.क.लाई नगद एक हजार छात्रबृती सहित सम्मान गरिएको थियो । साथै स्थापना कालदेखि कार्यसमितिमा रही सहयोग गर्ने ददिराम अधिकारीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । भेलाबाटै रोमबहादुर सोमइको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

No comments:

Post a Comment