Saturday, December 28, 2013

संवाद कार्यक्रम सञ्चाल

सुर्खेत, १२ पुस । 
दलित समुदायका किशोर किशोरीलाई अधिकारमुखी शिक्षा दिने उद्देश्यले सुर्खेतका विभिन्न गाविस र नगरपालिकामा संवाद कार्यक्रम शुरु भएको छ । 

स्ट्राम फाउण्डेशन नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको ११ नं वडा, जर्बुटा र साटाखानीमा गरी पाँच स्थानमा दलित किशोर किशोरीका लागि अधिकारमुखी शिक्षा (संवाद) कार्यक्रम संञ्चालन गरेको हो ।  अर्काे बर्षबाट भने जिल्लाका नौं वटा गाविसहरुमा र नगरपालिकाका ७ देखि १२ वडा सम्म सञ्चालन गरिने जनाईएको छ । आर्थिक समाजिक कारणले बीचैमा विद्यालय छोडेका तथा समाजमा पछाडी परेका किशोरीहरुलाई अधिकारप्रति जानकारी गराई, स्वास्थ्य शिक्षा र आर्थिक रुपमा उन्नती गर्न सहयोग गर्नुका साथै उत्पादनशील, समाजिक कुरीति, सामाजिक जोखिम र मानव वेचविखनका विरुद्धमा आवाज उठाउनसक्ने बनाउने उद्देश्यले यो परियोजना लागु गरिएको हो कार्यक्रम संयोजक दिपेश पोखरेलले जानकारी दिए । नयाँ कार्यक्रमबारे जानकारी दिन वीरेन्द्रनगरमा आयोजना गरिएको परिचयात्मक गोष्ठीमा स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यले परियोजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका संयोजक दीनेश पोखरेलले विशेष गरी १३ बर्षदेखि १९ बर्षसम्मका किशोरकिशोरीलाई संवाद केन्द्रमा समेटिने जानकारी दिए । कार्यक्रम संचालन भएका सबै गाविस तथा नगरपालिकामा २० जना बराबरको एउटा संवाद केन्द्र बनाइने र पाँच बर्षमा ८४ वटा संवाद केन्द्र बनाइने पनि उनले जनाए । जीवन उपयोगि शिक्षाबाट कार्यक्रम शुरु गरी कार्यक्रमको अन्त्यतिर आयआर्जनलाई जोड दिने उनको भनाई छ । सहयोगी संस्था स्ट्रोम फउण्डेशन नेपालका उज्वलकृष्ण मालीले आफूहरुले जहिले पनि आयआर्जनलाई विशेष महत्व दिने भएकोले यो परियोजनाको प्रमुख उद्देश्य अधिकार स्वास्थ्य  र आर्थिक रुपमा सवल बनाउने रहेको बताए । 

No comments:

Post a Comment