Saturday, December 28, 2013

पुण्य तिथिमा स्वास्थ्य शिविर

सुर्खेत, १२ पुस ।
धेरैजसोले दिवंगत अभिभावकको स्मृतिमा तिथि र श्राद्ध गर्नु, ब्राम्हण बोलाएर पिण्ड तथा अन्य दान गर्नु हिन्दू धार्मिक संस्कार नै भएको भन्दै संस्कारलाई निरन्तरता दिने गरेका हुन्छन् ।
तर सुर्खेतका एक व्यापारी टेकबहादुर भण्डारीले दिवंगत मातापिताको सम्झना गर्दै वार्षिक पूण्य तिथिमा करिव ५ लाख रुपैयाँभन्दा बढी खर्चेर आप्mनो जन्मथलो दैलेखको विनायकमा निःशूल्क स्वास्थ्य शिविर संचालन गर्न लागेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका भण्डारीले यो वर्ष आप्mना अभिभावको पूण्य तिथिको अवसर पारेर पाँच जना चिकित्सकसहित करिव १० जना स्वास्थ्यकर्मीको टोली र औषधी सुर्खेतबाटै विनायक पु¥याएर शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेका हुन् । त्यसबाहेक गरिव, गुरुवाहरुलाई कम्बल तथा जाडोबाट बचाउनका लागि अन्य न्यानो कपडासमेत वितरणको योजना बनाइएको भण्डारीले जानकारी दिए । 

No comments:

Post a Comment