Friday, December 20, 2013

मेलामा हेलिकोप्टरलाई भ्याई नभ्याई

सुर्खेत, ५ पुस । 
सुर्खेतको वीरेन्द्रनगरमा जारी मध्यपश्चिम व्यापार तथा पर्यटन मेलामा ल्याइएको हेलिकोप्टरलाई पर्यटक घुमाउन भ्याई नभ्याई भएको छ । फिस्टेल एयरले पर्यटकहरुलाई घुमाई रहेको छ । एकातर्फ राष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई मनोरजन दिई रहेका छन् भने अर्को तर्फ हेलिकोप्टरले भ्रमणको सुविधा दिईरहेको छ ।
महोत्सव आयोजकले सुर्खेत भ्याली र मध्यपश्चिमका पर्यटकीय स्थलहरु भम्रण गर्न चाहानेलाई हेलिकोप्टर प्योकज सञ्चालन गरेको छ । महोत्सव सुरु भएदेखि नै हेलिकोप्टरमा चढेर भम्रण गर्नेहरुको भीड लागेको आयोजकले जनाएका छन् । 
हेलिकोप्टर प्याकेजका संयोजक इन्द्र थापाले अहिले सम्म २५ वटा फलाइट हेलिकप्टर उडिसकेको जानकारी दिए । एउटा फलाइटमा ४ जना सवार गर्न पाउने आयोजकले जनाएको छ ।  सुर्खेत उपत्यकाको प्रति व्यक्ति पाँच हजार र दैलेख ज्वालामुखीको प्रति व्यक्ति ९ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
अहिलेसम्म हेलिकप्टर प्याकेजवाट ५ लाख रुपैयाँ बराबरको रकम उठेको थापाले जानकारी दिए । मध्यपश्चिमका पर्यटकीय स्थलहरु राराताल, से–फोक्सुन्डो, पञ्चकोसी लगायतका स्थलहरुमा मौसमको खरावीले फलाइट वुकिङ भएपनि जान नसकिएको उनले जानकारी दिए ।

शुक्रवारबाट भने मौसममा सुधारका कारण त्यस क्षेत्रको उडान सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, सुर्खेत उद्योग वाणिज्य संघ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा मंसिर २८ गते देखि सुरु भएको मेला पुस ७ गते सम्म चल्ने छ ।

No comments:

Post a Comment