सौजन्य ः रेखा थापा फाउन्डेसन
सुर्खेत, १ पुष ।
खाद्यन्न बाँडन र राउटेका बच्चालाई विद्यालय भर्ना गर्ने भन्दै सुर्खेत पुगेकी अभिनेत्री रेखा थापाले राउटेहरूलाई चुमेपछि रेखासँग राउटेहरू रिसाएका छन् । साटाखानी गाविस स्थित झुप्रा खोलाको जंगलमा बसोबास गर्दै आएका राउटेहरूले अभिनेत्री थापाले दिएको चामल समेत लिन अस्वीकार गरेका थिए । ‘आइमाईले म्वाईं खाने भन्दै राउटेहरू रिसाए र अभिनेत्री थापाले दिएको चालम लिनै मानेनन’, राउटेकी भन्जी सत्यदेवी अधिकारी (खड्का) ले भनिन ।
‘म्वाईं खाने आइमाई दिएको चामल हामीलाई चाहिँदैन, त्यो फिर्ता लानु भनेर मसँग पनि रिसाए’, सत्यदेवीले भनिन ‘उनीहरूलाई फकाउन गाह्रो भयो । बल्लबल्ल फकाएर उनीहरूको झुपडीसम्म चामल पु¥याइयो ।’
राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी सत्यदेवीका अनुसार राउटेले चामल लिन नमानेपछि पहिला रेखा थापाले दिएको चालम स्थानिय थापाको घरमा राखियो, पछि फकाएर उनीहरूका घरसम्म पु¥याइयो ।
पहिला रुखका पातको छाप्रो बनाए बस्ने राउटेहरू अहिले झुप्रा खोलाको जंगलमा पालको छाप्रोमा बस्दै आएका छन् । अभिनेत्री थापाले जंगलमा बस्दै आएका ५२ परिवार राउटे परिवारलाई एक एक बोरा चामल वितरण गरेकी छन् । अभिनेत्री थापाले हङकङ गएको बेला राउटेका बच्चालाई शिक्षा प्रदान गर्न तथा उनीहरुको सामाजिक आर्थिक अवस्था सुधार्नको लागि सहयोग गर्न अपिल गरेकी थिइन् ।
रेखा थापा फाउन्डेसन मार्फत अभिनेत्री थापाले राउटेका बच्चालाई विद्यालय भर्ना गर्नुका साथै नागरिकता समेत उपलब्ध गराउन सहयोग गर्ने घोषणा गरेकी थिइन् । राउटेलाई सहयोग गर्ने भन्दै अहिले अभिनेत्री रेखा थापा सुर्खेत पुगेकी छन् ।
oooo
ReplyDelete