सुर्खेत, १ पुष ।
वीरेन्द्रनगर–१ निवासी व्यवसायी गंगाराम सुनारमाथी भएको आक्रमणको विरोध जनाईएको छ । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल सुर्खेत र पब्लिक एकेडेमीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका हुन् ।
पब्लिक एकेडेमी प्रा.लि. उत्तरगंगा–१ का अध्यक्ष समेत रहेका सुनार माथी मंसिर २८ गते पसलको सामान लिएर फर्किदै गर्दा वीरेन्द्रनगर–२ देउती मन्दिर नजिकै आक्रमण भएको थियो । विज्ञप्ति मार्फत घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै घाईते सुनारको शिघ्रस्वास्थ्य लाभको कामना गरिएको छ ।
No comments:
Post a Comment