सुर्खेत, १ पुष ।
गत शुक्रबारबाट सुरु भएको नेपाल ब्यापार तथा पर्यटन मेला २०७० मा सोमवार चौंथो दिन लोकदोहोरी, हाँस्यब्यङग्य र देउडा कलाकारले मेलामा विभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए । चौंथो दिन जुनु रिजाल, रामचन्द्र काफ्ले, टिका पुन, नन्दकृष्ण जोसी, पशुपति शर्माका साथै स्थानीय कलाकारहरुले आ–आफ्नो पनि प्रस्तुति गरेका थिए ।
आयोजक उद्योग बाणीज्य संघका महासचिब मदन खड्काले दिएको जानकारी अनुसार सोमवार ६० लाख भन्दा माथि कारोवार भएको र ७ हजार टिकट विक्री भएको छ । उनले पौष ७ गतेसम्मको अबधिमा ४ करोडको कारोबार हुने र १ लाख ५० हजार दर्शकले अबलोकन गर्ने उदेश्य रहेको वताए ।
समग्र विकासमा नयाँ कल्पना, समृद्ध मध्यपश्चिम हाम्रो चाहाना” भन्ने मुल नारा सफल पार्न मध्यपश्चिमका १५ वटै जिल्लाका कृषि र स्थानीय प्रदर्शनि कृषिजन्य बस्तु, हस्तकला, स्थानीय कला संस्कृति झल्कने प्रस्तुतीहरु मेलाका स्टलहरुमा राखिएको छ ।
त्यस्तै सुर्खेत उपत्यका र मध्यपश्चिम लगाएत दैलेखको पंञ्चकोशी दर्शनका लागी हेलीकप्टर प्याकेज सञ्चालनमा भैरहेकोे छ । आज मंगलवार कलाकारहरु हेमन्त शर्मा, राधिका हमाल, कृष्ण रेउले, नन्दा वस्याल र हाँस्य कलाकार कुमार थापा लगायतको साँस्कृतिक प्रस्तुति रहने सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।
No comments:
Post a Comment