सुर्खेत, ५ पुस ।
अझै पनि कतिपय महिलाहरुले पाठ्यघर खस्ने समस्यालाई सजिलैसंग अरुसंग बताउँन सक्दैनन् । कतिपय महिलाहरुमा अझैपनि समाज र परिवारकै डरका कारण पाठ्यघर सम्बन्धिको समस्या आफैमा लुकाउने गरेको पाइएको छ । तर आफ्नो स्वास्थ्य अधिकारका बारेमा जानकार भएपछि पाठ्यघरको समस्या भएका दिदि बहिनीहरुको उपचारमा महिलाहरु नै सक्रिया भएका छन् ।
महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा सञ्चालित सामुदायिक छलफल कक्षाले महिलाहरुलाई स्वास्थ्य अधिकारका बारेमा खुलेर भन्न सहयोग पु¥याएको छ । दशरथपुर ७ सिमलेकी मानकुमारी ज्ञवाली छलफल कक्षामा सहभागी भएपछि आफ्ना अधिकार र कर्तव्यका बारेमा जानकारी पाएको बताउँछिन् । आफूहरुले बिषेशगरी पाठ्यघर खस्ने समस्या भएपनि समाज र परिवारबाट घृणित हुने त्रासमा समस्या लुकायर बसेका महिलाहरुलाई पहिचानगरी स्वास्थ्य संस्थासम्म पु¥याउने गरेको ज्ञवालीले जानकारी दिइन् । शक्तिशाली महिला छलफल कक्षाकी सहभागी ज्ञवालीले हाल गाउँका १५ जना महिलाहरुलाई पाठ्यघर खस्ने समस्या पहिचान गरेको बताइन् । ‘परिवारमा समेत भन्न नसकेका महिलाहरुले महिला दिदि छलफल कक्षामा सहभागी भएपछि बहिनीहरुसंग आफ्नो समस्या बाहिर ल्याउँने गरेका छन्’ उनले भनिन्,‘समस्या भएका दिदि बहिनीहरुलाई स्वाथ्य संस्था र शिविरहरुमा पठाउने गरेका छौँ ।’ छलफल कक्षाकै अर्की सहभागी खगिसरा चपाइले आफूहरुले घरदैलो मार्फत सरसफाइ जागरण अभियानहरु गर्दै आएको बताइन् । उनले पछिल्लो समयमा आफूहरु सामाजिक चासो र अवसरका विषयमा पनि अग्रसर भएको दाबि गरिन् । ‘पहिले त वडा भेला कहिले हुन्थ्यो, त्यसमा के गरिन्ग्थ्यो केही थाहा थिएन’, चपाईले भनिन्,‘यस पटकको वडा भेलामा म आफै सहभागी भएँ विभिन्न मागहरु पनि राखेकी छु ।’ चपाइले छलफल कक्षामा सहभागी भएपछि नै स्वास्थ्य तथा अन्य अधिकारका बिषयमा आफूलाई थाहा भएको बताइन् । फुर्सतको समयलाई छलफल कक्षामा सहभागी भएर अधिकार र समाजका समस्याका बारेमा जानकारी लिने गरेकोले छलफल कक्षाबाट महिलाहरुको व्यवहारमा परिवर्तन आएको छलफल कक्षाकी सहजकर्ता धनसरा गाहाको भनाई रहेको छ ।
दशरथपुर मात्र होइन रामघाटका महिलाहरु पनि स्वास्थ्य अधिकारका लागि अभियानकै रुपमा लागेका छन् । पछिल्लो समय महिलाहरुमा स्वास्थ्यका विषयमा चासो बढेको बताउँछन् रामघाट स्वास्थ्य चौकीका इन्चार्ज मानसिंह नेपाली । विगतका बर्षहरुमा भन्दा पछिल्ला बर्षहरुमा स्वास्थ्य संस्थामा चेक जाँच र उपचार गराउनेको संख्यामा बृद्धि भएको र स्वास्थ्यलाई चसोका रुपमा लिन थालेकाले पनि छलफल कक्षाले सहयोग गरेको उनको भनाई छ । इन्चार्ज नेपालीले यस अघि गाउँ परिषदबाट उचित रुपमा स्वास्थ्यका क्षेत्रमा बजेट बिनियोजन नगरेको बताउँदै छलफल कक्षाका सहभागी, आमा समूह र महिला स्वास्थ्य स्वंसेविकाको सक्रियतामा यस बर्ष भने स्वास्थ्यका विषयमा सन्तोषजनक बजेट विनियोजन गरिएको बताए । छलफल कक्षाका सहभागीहरुमा स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा पाउने औषधीका बारेमा पनि जानकारी भएको र स्वास्थ्य प्रतिको जिम्मेवारी बोध गर्ने गरेको उनको भनाई छ । महिलाहरुले आफू मात्र नभई पुरुषहरुलाई समेत स्वास्थ्यका बारेमा जानकारी गराउने र विशेष गरी अधिकारका लागि झकझक्याउने कुरामा अग्रसर रहेको नेपालीको भनाई छ । अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चान गरिएको ‘मेरो अधिकार मेरो आवाज’ कार्यक्रम अन्र्तगत उक्त तीन वटै गाविसका माध्यमिक विद्यालयहरुमा वाल स्वास्थ्य समूहहरु गठन गरिएको छ । विद्यालयमा रहेका किशोर किशोरीहरुमा आउने स्वास्थ्य समस्याका बारेमा खुलेर भन्न सहयोग गरेको शिखर उच्च माविमा रहेको समूहका सचिव बिमल खत्रीले बताए । किशोरीहरुलाई महिनावारी हुँदा आउने समस्या र आवश्यक पर्ने सामानका बारेमा शिक्षकहरुसंग भन्ने तथा साथीहरुमा छलफल गर्ने गरेको समूहकै एक छात्राले बताइन् । विद्यालयमा स्वास्थ्य सम्बन्धिका शिर्षमा गित, बक्तृत्वकला तथा बादविवाद जस्ता अतिरिक्त क्रियाकलापहरु गर्ने भएकाले विद्याथीएहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याएको विद्यालयका शिक्षक रामकिशोर मण्डलले बताए ।
जिल्लाका रामघाट, दशरथपुर र लेखफर्सामा २९ वटा छलफल कक्षा सञ्चालन गरेको वाम संस्थाद्धारा केही छलफल कक्षाको अनुगमन गरिएको छ । जिल्ला स्थित सरोकारवालाहरुले छलफल कक्षाको बुधबार, बिहीबार र शुक्रबार अनुगमन गरेका हुन् । छलफल कक्षाले महिलाहरुको चेतना र व्यवहारमा परिवर्तन ल्याएको अनुगमनमा सहभागी सरोकारवालाहरुको बताएका छन् । बिषेशगरी महिलाहरुको स्वास्थ्य समस्याका बारेमा खुलेर अरुलाई भन्नसक्ने र आफ्नो स्वास्थ्य अधिकारका बारेमा सचेत गराउन छलफल कक्षाले महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरुको ठम्याइ छ । अनुगमनमा महिला तथा बालबालिकाको कार्यालय, जिल्ला स्वास्थ्य, जिल्ला विकासका प्रतिनीधि पत्रकार तथा वाम संस्थाबाट सहभागी रहेको थिए ।
No comments:
Post a Comment