Saturday, December 14, 2013

अर्बुद्धको चौंथो बार्षिक साधारण सभा

सुर्खेत, २९ मंसिर ।
नेपाल अवुर्द रोग निवारण संस्थाका सुर्खेतको चौथो वार्षिक साधारण सभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभाले कर्णवहादुर थापालाई पुनःसर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा चेतकुमारी चपाई जिसी, सचिवमा यामलाल आचार्य र कोषाध्यक्षमा मधुप्रसाद कंडेल रहेका छन् । १३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा सीमा चन्द, शरद भण्डारी, चन्द्रा न्यौपाने, रुद्र भण्डारी, वावुराम गौतम, कर्णवहादुर राना, रमेश केसी र विन्द्रा वडुवाल रहेका छन् ।
सभामा नेपाल अवुर्द रोग निवारण संस्थाका मध्य तथा सुदुरपश्चिम संयोजक नारायणकुमार कोइरालले समयमै उपचार गरे क्यान्सर रोग निको हुने बताए । रोगको उपचार गर्नु भन्दा पनि रोग लाग्नै नदिनु बेस हुने भन्दै उनले आर्थिक अभावकावीच पनि क्यान्सर रोगको उपचार हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी दुर्गाप्रसाद श्रेष्ठले स्वास्थ्य कार्यालय र संघ संस्थाको साझा पहलवाट क्यान्सर रोगको निदान गर्न सकिने बताए । उनले अर्वुद रोग निवारण संस्थासंग मिलेर काम गर्न पनि कार्यालय तयार रहेको बताए ।
त्यस्तै संस्थाका सल्लाहकार दिपक पन्तले क्यान्सर रोगको उपचारको लागि अर्वुद रोग निवारण संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे । कार्यक्रम नेपाल अवुर्द रोग निवारण संस्थाका अध्यक्ष कर्णवहादुर थापाको सभापतित्वमा भएको हो ।

No comments:

Post a Comment