Saturday, December 14, 2013

आक्रमणप्रति एमालेको ध्यानाकर्षण

सुर्खेत, २९ मंसिर ।
वीरेन्द्रनगर–१ निवासी गंगाराम सुनारमाथी भएको आक्रमण प्रति नेकपा एमाले सुर्खेतले ध्यानाकर्षण भएको जनाएको छ । वीरेन्द्रनगर–२ को देउती स्थान नजिकै नेपली सेनाका बहालवाला चिरञ्जीवि गिरीको नेतृत्वको समूहले सुनारमाथी आक्रमण गरेको थियो । व्यवसायी समेत रहेका सुनार पसलको समान लिएर फर्किदै गर्दा आक्रमणमा परेका थिए ।
नेकपा एमाले नगर कमिटीका सदस्य समेत रहेका सुनारमाथी भएको आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै एमालेले घटनाको छानविन गरी दोषिमाथी कडा कारवाही गर्न आग्रह गरेको छ ।
घटनाका अन्य दोषिको पहिचान गरी कारवाही गर्दै घटनाका घाईते सुनारको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । एमाले जिल्ला संगठन कमिटीका सचिव गगनसिं सुनारद्वारा विज्ञप्ति जारी गर्दै घटनाको ध्यानार्कषण भएको जनाएका छन् ।
मोटरसाइकलमा सवार सुनार र मोटरसाइकलका चालक उमेश विक घाइते छन् । सुनारलाई थप उपचारका लागि लखनउ लगिएको छ भने उमेश विकको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ । उनीहरुबाट पचास हजार रुपैयाँ समेत लुटिएको छ भने मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको छ ।

No comments:

Post a Comment