Saturday, December 14, 2013

बहुमुखी क्याम्पस विश्वविद्यालयलाई हस्तान्तरण

सुर्खेत २९ मंसिर । 
वीरेन्द्रनगर बहुमुखी क्याम्पस शनिबार एक कार्यक्रमकाबीच मध्यपश्चिम विश्वविद्यालय सुर्खेतलाई हस्तान्तरण गरिएको छ । म.प. विश्वविद्यालय सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा स्थापना भएदेखिनै आधार क्याम्पसका रुपमा समायोजन हँुदै आएको वीरेन्द्रनगर बहुमुखी क्याम्पस शनिबार औपचारीक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
वीरेन्नद्रनगर बहुमुखी क्याम्पसलाई क्याम्पसका व्यवस्थापक समितिका अध्यक्ष भुषणकुमार मानन्धरले म.प. विश्वविद्यालयका उपकुलपति डा.पदमलाल देपकोटालाई हस्तान्तरण गरेका हुन् । 
क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष मानन्धरले क्याम्पसको सम्पूर्ण कारोबार मध्यपश्चिम विश्वविद्यालयलाई हस्तान्तरण गरेको छन् । मध्यपश्चिमको उच्च शिक्षा प्राप्तिको आकांक्षालाई सहज रुपमा परिपुर्ति गर्ने उद्देश्य राखी २०३८ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पसको स्थापना भई मानविकी संकायतर्फको अध्ययन—अध्यापन गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पस प्रमुख लीलाधर तिवारीले जानकारी दिए । 

उनले भने, “स्थापना भएको केही वर्ष जन उच्च माध्यमिक विद्यालयको दुई वटा कोठाबाट उक्त क्याम्पसको पठनपाठन सुरु गरिएको हो,” । २०४१ सालमा मात्रै बहुमुखी क्याम्पसलाई सुर्खेतको चक्रपाणी चोकमा स्थापना गरी २०४२ सालदेखी व्यवस्थापन संकायतर्फको शिक्षाबाट पढाई सुरु गरिएको प्रमुख तिवारीले बताए । 
हाल आएर यस क्याम्पसले मानविकी तपर्फ स्नाकोत्तरका कक्षाहरु समेत सच्चालन गरेको उनले बताए । क्याम्पसको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको हाल सम्मको कुल स्थायी सम्पति १४ करोड ७३ लाख ४६ भन्दा बढी रहेको बताए । जस अनुसार बैंकमा २७ लाख ७१ हजार भन्दा बढी बाँकी रहेको समेत प्रमुख तिवारीले बताए । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वविद्यालय सभा सदस्य मोतिप्रसाद सापकोटाले मध्यपश्चिम विकास क्षेत्र शिक्षा क्षेत्रमा पछाडी परेको भन्दै यस क्षेत्रको शिक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 
बहुमुखी क्याम्पस विश्वविद्यालयमा समायोजन भएपछि शिक्षामा आमुल परिवर्तन आउने उनले बताए । हालसम्म मप विश्वविद्यालय मन्द गतिमा अगाडी बढेकोले अबका दिनहरुमा शिक्षा जगतमा तिव्रताका साथ अगाडी बढ्ने सापकोटाले बताए । उनले भने,“मध्यपश्चिम नेपालकै एक प्रमुख केन्द्र विन्दुका रुपमा परिचित भएको भन्दै उदारणीय बनाउन शिक्षामा क्रान्ति ल्याउनुपर्छ,” । 
विश्वविद्यालयहरुमा विभिन्न विषयहरुमा पढाईमा मात्र सिमित नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्प्रर्धामा समेत गर्न आवश्यक रहने सापकोटाले बताए । शैक्षिक यात्रामा यस बहुमुखी क्याम्पसले आफ्नै खालका आरोह अवरोहहरु पार गर्दै आफ्नो अग्रगतिलाई सदैव बढाउँदै समस्याहरुलाई छिचोले ३२ औं वर्ष पार गरेको प्रति शुभकामना व्यक्त गरे । बहुमुखी क्याम्पसले विभिन्न समस्याका बाजबुदपनि शिक्षा दिने कुरामा कुनै कसर नराखे जस्तै विश्वविद्यालयले पनि हजारांै वसन्त पारगर्ने अठोटका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । 
त्यस्तै म.प. विश्वविद्यालय मानविकी सङ्कायका डिन पिताम्बर ढकालले मध्यपश्चिमबासीहरु भाग्यमानी भएको बताएका छन् । उनले भने, “पहिलेको समयमा आफुहरु अध्ययन गर्न जिल्ला बाहिर जानुपथ्र्यो तर अहिले आफ््नै घरदैलोमा बसेर पढ्ने अवसर पाएका छौ,” । यस क्षेत्रका स्थानीयको मेहनतबाट मध्यपश्चिम विश्वविद्यालयको स्थापना भएको भन्दै यसलाई बचाउन विद्यालयका पदाधिकारीको मात्र नभएर सम्पूर्ण अभिभावको भएको डिन ढकालले आग्रह गरे । 
कार्यक्रममा पूर्वगृहमन्त्री तथा सुर्खेत क्षेत्र नं. १ का सभासद पूर्णबहादुर खड्का, पूर्व राज्य व्यवस्था समितिका सदस्य तथा क्षेत्र नं. २ का सभासद हृदयराम थानी, विश्वविद्यालयका उपकुलपति डा. पदमलाल देपकाटा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

No comments:

Post a Comment