Monday, December 9, 2013

ज्ञापनपत्र पेश

सुर्खेत, २४ मंसिर ।
संयुक्त राष्ट्रसंघका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुपर्ने भन्दै इन्सेकले ७५ जिल्लाकै प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रीपरिषदका अध्यक्ष खिलाराज रेग्मीलाई ज्ञापनपत्र पठाएको छ ।  

सुर्खेतमा पनि इन्सेक प्रतिनीधि दुर्गा थापाले सोमबार प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुंवरलाई ज्ञापनपत्र बुझाएका छन् । संयुक्त राष्ट्रसंघका विशेष समाधीक्षकले पटक पटक नेपाल भ्रमणका लागि आग्रह गर्दापनि सरकारले निम्ता नदिएको भन्दै मानवअधिकार रक्षक दिवस र विश्व मानवअधिकार दिवसको पूर्वसन्ध्यामा इन्सेकले ज्ञापनपत्र बुझाएको हो ।

No comments:

Post a Comment