Monday, December 9, 2013

एमाले सुर्खेतमा एकताको नया“ अभ्यास जरूरी


हरिप्रसाद अधिकारी
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास  छ । नेपालमा भएका हरेका आन्दोलन सत्ता परिवर्तन र नयॉ ब्यवस्था स्थापनाका लागि भएको देखिन्छ । २००७ राणा शासनको अन्त्य र सत्ता परिवर्तन मार्फत प्रजातन्त्रको स्थापनाको जगमा २००६मा स्थापना भएको कम्युनिष्ट पार्टी मान्न सकिन्छ । संस्थापक नेता पुष्पलाल श्रेष्ठ,  उनिकी धर्मपत्नी साहना एमाले मै रहनु भएको छ,यसले के भन्न सकिन्छ भने हालको एमाले पार्टी हरेक परिर्वतनमा यसका नेताहरुको सफल कार्यकुशलताको सफल  योजना र सिद्धान्त देखिन्छन् ।  चाहे त्यो २०४६को परिवर्तन, २०५१को अल्पमतको एमाले सरकारका कार्यक्रम र नागरिकको  जीवनमा  गरेका रुपान्तरण होस की २०६२, २०६३को जनआन्दोलनको अगुवाइ होस ।
२०१५ सालमा काग्रेसको दुइ तिहाइ मतको सम्मान गर्न नसकेको तितो यर्थात हामी सामु नै छ । ४ सिट प्राप्त वामपन्थीको सहायताले राजा महेन्द्र विरुद्धको निरुङकुश राजतन्त्र ढाल्ने अभियान ढिलो भए पनि सफल देखिन्छ । जसले २०३६  सालको जनमतसंग्रहको तह सम्म भए पनि नेपालका कम्युनिष्टहरुले पुगाएको दुनियालाइ थाहा नै छ । यसको अगुवाइ तत्कालिन माले र हालेको एमालेले नै हो ।
 समयले निश्चय नै परिवर्तनको माग राखेको कुरा सच्चा वामपन्थीले जानेको कुरा नै हुने भयो । तत्कालिन माले, मोटो र मसिनो मशाल, बाममोर्चा, जनमोर्चा जस्ता स साना गुटमा नेपालका कम्युनिष्ट विभाजन भएको पाइन्छ । यस बाट के स्पष्ट हुन्छ भने माक्र्सवाद र लेलिनबादको रटानले मात्र परिवर्तन सजिलो छैन् । समानुकूल देश, काल र परिस्थिति अनुसार विचार, सिद्धान्तलाइ ब्याख्या गर्न सकेमात्र साचो रुपमा देश र दुनिया बदल्ल सकिन्छ ।  
 नेपालको २०६४को निर्वाचनमा ६२ प्रतिशत मत कम्युनिष्टहरुको पकडमा हुदा पनि किन साम्यवाद, समाजवाद, जनवाद स्थापित हुन सकेन यसको कारण तत्व नै पार्टी भित्रको झुण्ड गुट पहिलो कारण हो । दोश्रो आ आफना विचार र गलत माक्र्सवादप्रतिको बुझाइ र प्रयोग नै हो । राष्ट्रिय जनमोर्चाले माक्र्सवाद र जनवादका नाममा संघियता विहिन नेपालको ब्याख्या गरेको छ । मजदुर किसान पार्टीले बु्रजुवा पुजिवाद हुदै साम्यवादको परिकल्पना  गरेको छ । एमाओवादीको प्रचण्ड पथको जगमा परिर्वतनको ठेकेदार प्रवृति र माक्र्सवादको चरम दुरुपयोग, नया शताब्दीको नयाँ माक्र्स र लेलिनको पर्यावाची कं पुष्पकमल दाहाल प्रचण्ड हो भन्र्ने मान्यता स्थापित बाहेक केहि नया विचार देखिदैन् । उता एमालेमा नौलो जनवादका ब्याख्याकार झलनाथ खनाल, उनकै नेतृत्वमा  एमालेले बोकेको जबज जनताको बहुदलिय जनवादको जगमा पार्टी नेतृत्वका कारण पनि नेपालमा वामपन्थीहरुले भने र चाहे जस्तो गरी शासन ब्यवस्था स्थापना हुन सकेको छैन् । माओवादीको एजेण्डा सधै ढुलमुले, आत्मवादी देखिन्छ । जसका कारण यो पार्टी पनि फुटको संघारमा आइ पुग्यो । काग्रेसको राजावादी चिन्तनले परिवर्तनको अगुवाइको त सवाल नै भएन् ।
हाल सबै भन्दा एमालेको जबज जनताको बहुदलिय जनवादको सिद्धान्तमा यो वा उ धारबाट कम्युनिष्टहरुको शासन शैली, कार्यशैली एकाकार हुदै गएको  देखिन्छ । तर दुरभाग्य एमाले भित्र गुटको राजनीति हाबी भएको पाइन्छ । यसले मुलुकको हरेक आन्दोलनको अगुवाइ एमाले ले नै गरेको दस्तावेजले  देखाउछ ।  आन्तरिक गुटका कारण इतिहासले गरेको मूल्याकन नागरिकले बुझन र बुझाउन नसकिरहेको अवस्था छ । 
माओवादीहरुलाइ शान्ति प्रक्रियामा ल्याउन एमालेले खेलेको भुमिका कम्ती ऐतिहासिक छैन् । रोल्पाको होलेरीमा हतियार उदाउदै गरेका वाबुराम, वैद्य र प्रचण्डसंग पहिला पुग्ने नेता एमालेमै छन् । लखनउ, सिलगढी र दिल्ली सम्मको वार्तामा पुग्ने साहसी नेता एमाले मै छन् । त्यो काम अरु कुनै अन्य वामपन्थी दलका नेताले शुरु गरे नत काग्रेस र अन्य कोही, यस कारण प्िन जबज रुपान्तरित विचार हो  जसले जडसुत्रवादी विचारलाइ बदल्ल सक्छ । बुलेटले मात्र सत्ता ल्याउन सकिने धारण राख्ने एमाओवादी कहा आइ पुग्यो त  यसबाट स्पष्ट हुन जान्छ एमाले कस्तो शक्ति हो भन्ने । यसको कार्यशैली ले समेत स्पष्ट पार्छ । माधव कुमार नेपालको सरकारले माओवादी भित्र अडकिएको शान्ति प्रक्रिया ४ हजार वाल सेना र अयोग्यलाइ सजिलै वाहिर निकाल्यो र माओवादीका पुर्व लडाकुलाइ  समायोजनको स्पष्ट आधार तय गरेर न आजको यो अवस्था आएको छ, के पुष्टि गर्छ भने  जबजको सिद्धान्त कति ब्यवहारिक छ भन्ने कुरा ।
 यसरी परिर्वतनको असी प्रतिशत हिस्सेदार एमाले नै हो  तर यस भित्रको खराब गुटबन्दीका  कारण नत कार्यकर्ताको मूल्याकन भएको छ  नत विचारको बहसले नेतालाइ समातेको छ । यद्यपी झलनाथ खनालले तिनाउ नदिमा गुटबन्दी बगाएको दृढता ब्यक्त गरे पनि, पार्टीमा गुट समाप्त भएको स्थायी कमिटीले घोषणा गरे पनि एमाले यस बाट मुक्त हुन सकेको छैन्  जसबाट एमाले सुर्खेत समेत अछुतो रहेको अवस्था छैन । जसको गम्भीर असर हरेक संसदीय र संविधान सभा निर्वाचनमा देखिदै गएको तितो यथार्थ देखिएको छ ।
 यता एमाले सुर्खेतका अध्यक्ष नवराज रावत पार्टी विभाज भए पनि संस्थापन देखि एमाले नछोडेको कारण आफनो गुट नभइ  विचारको निरन्तता भन्ने गर्नु हुन्छ  । कडेल आफू एमाले विभाजन पछि पुर्व मालेको पक्षमा उभिएको कारण यो गुटको आरोप लाग्ने गरेको उनका भाषणमा झल्कीन्छ ।
 दोश्रो संविधान सभामा सुर्खेतमा एमाले पराजयको मुख्य कारण गुटगत राजनीतिक कारण नै हो । यो अभ्यास टिकट वितरण देखि नै शुरु भएको र यसको परिणाम निर्वाचनमा देखिएको छ ।  यस कारण एमाले नेताहरुले फेरी  एक पटक एकता सहित गुटबन्दी नगर्ने र  सुर्खेती जनताले दिएको जनादेशको सम्मान गर्दै आफु भित्रको यस्तो रोगको उपचार गरी अगुवाहरुले आगामी दिनमा एमालेलाइ समृद्धिका लागि एकताको आहन गर्न आवश्यक छ । यसैमा सबैको जित सम्भव देखिन्छ ।
उर्जाशिल जीवनलाइ पार्टीमा समर्पित नेता, युवाहरुले लोभ, भ्रम, जाल झेलका पछाडि लाग्न जरुरी छैन् । योजना, कार्यकर्ताको संरक्षण, जिल्लाको विकास, विचारको विकास, स्वच्छ छवि कायम राख्न सके मात्र सबैको नेता हुन सकिन्छ ।  यद्यपी समग्रमा  एमाले सुर्खेती युवाहरु, नेताहरु, कार्यकर्ताहरु विचार, सिद्धान्त, मितब्यही ब्यवहार , सदाचारी असल छविका पछि नै लाग्ने छन् ।
ब्यक्तिगत स्वार्थ पुरा गर्ने,  सत्तालाइ बढता महत्व दिने, आश्वपासनमा भुल्याउने  जस्ता गुटगत कार्य विरुद्ध उभिनु जरुरी छ ।  यस कारण पार्टी कमजोर बनाउने, ब्यक्तिलाइ बलियो बनाउने गरी लागेका  खराव छवि, जडहरुलाइ पखाल्न जरुरी छ । अव तिनाउ र स्थायी कमीटी मार्फत होइन भेरी नदि संगै सुर्खेतका खरावी पखाल्न र एक ठाउमा सबै  उभिएर एमाले आखाले हेर्न, नेतृत्वको विकास, निरन्तरता र खोजीका लागि गुटगत राजनीति मुर्दावाद भन्न जरुरी छ ।  
यसरी गुटगत राजनीतिले एमाले सुर्खेतले ब्यहोर्नु परेको पराजयको पिडा र निरासाबाट पाठ सिक्दै विगतमा भए गरेका गल्ती सच्याउदै, समिक्षा गर्दै भेला र बैठकमा छलफल गर्दै एकता सहितको बलियो एमाले अभियानमा अगुवाहरुले भुमिका निर्वाह गर्ने र युवाहरुले यसका लागि नेतृत्वलाइ सल्लाह सुझाव दिने कुरामा लाग्न आवश्यक छ । विग्रिएका लागि सुधार गर्ने, शुद्धिकरण गर्नेलाइ नै अगुवा भनिन्छ  नकि सनकका भरमा  कार्वाही, गलहत्याउने अनि राजनीतिक चरित्र हत्या गर्ने । यसलाइ सफद ढंगले सुधार ल्याएर पार्टी एकता गर्न सकेमा सबैको भविश्य सुन्दर देखिन्छ । चेतना भया ।
(लेखकः नेकपा एमाले  क्षेत्र नं ३ क्षेत्रीय सचिव हुन् )।

No comments:

Post a Comment