Monday, December 9, 2013

महोत्सव प्रचार टोली दौडाहमा

सुर्खेत, २३ मंसिर ।
सुर्खेतमा मंसिर २८ देखि पुस ७ गतेसम्म हुने महोत्सवको प्रचार प्रसारका लागि गठित समितिले जिल्ला दौडाह जारी राखेको छ । संघका महासचिव मदनबहादुर खड्काको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले आइतबार बाँके र दाङ पुगेर पत्रकार सम्मेलन गरेको छ ।
दाङमा भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष मधुसूदन वैद्यले मालारानी हुँदै दाङ जोड्ने सडकलाई दुबै जिल्लाले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । कार्यक्रमका अन्य सहभागीले सुर्खेतमा हुने महोत्सव सफल पार्न आफ्नो जिल्लाबाटपनि थारु संस्कृति र स्थानीय उत्पादहरु सहित सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् । यस्तै बाँकेमा भएको कार्यक्रममा संघका अध्यक्ष कृष्ण श्रेष्ठले सुर्खेतले आफ्नो जिल्लाको विकासका लागि गरेका कामहरु अरुका लागि पनि अनुकरणीय भएको बताए । महोत्सवका साथै यस क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि यसअघि दैलेखमा पनि पत्रकार सम्मलेन गरि सकिएको छ ।

सुर्खेतमा हुन लागेको मध्यपश्चिमस्तरिय नेपाल व्यापार तथा पर्यटन मेलाको प्रचार प्रसार तिव्र पारिएको छ । त्यसैक्रममा मेलाको दैलेखमा प्रचार गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, सुर्खेत उद्योग वाणिज्य संघ र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा मंसिर २८ गतेवाट सुरु हुन लागेको मेलामा सुर्खेतका साथै मध्यपश्चिमका १५ वटै जिल्लाका कृषिजन्य वस्तुहरु, हस्तकलाको प्रर्दशनी, स्थानीय कला संस्कृति झल्किने प्रस्तुतिहरु राखिने छ ।
दैलेखमा आइतवार आयोजित पत्रकार सम्मेलनमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव मदनबहादुर खड्काले मेला मध्यपश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि कोसेढुंगा साबित हुने बताए । उनले ‘समग्र विकासमा नयाँ कल्पना, समृद्ध मध्यपश्चिम हाम्रो चहाना’ भन्ने मूल नाराका साथ मध्यपश्चिमस्तरीय नेपाल व्यापार तथा पर्यटन मेलाको आयोजना गरिएको जानकारी दिए ।
मेलाको अवलोकन ५ देखि ७ लाख दर्शकहरुले अवलोकन आयोजकको भनाई छ । आयोजकले सुर्खेत उपत्यकाका साथै राराताल, दैलेख ज्वालाजस्ता सुन्दर पर्यटकीय स्थलहरुको भ्रमणका लागि हवाई प्याकेज समेत बनाएको छ । मेलामा स्वदेशी र विदेशी गरी ३ सय स्टल राखिने छ ।  मेलाको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ । 

No comments:

Post a Comment