सुर्खेत, १७ मंसिर ।
कुखुरापालन गर्दै आएका लघु उद्यमीको सिप विकास सम्वन्धि ५ दिने तालिम सोमवारदेखी सुर्खेतको छिन्चुमा सुरु भएको छ । लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यालय सुर्खेतको सहयोगमा जिल्ला लघु उद्यमी समुह संघ सुर्खेतले उक्त तालिमको आयोजना गरेको हो ।
व्यवसायिक रुपमा कुखुराफर्म सञ्चालन गरिरहेका लघु उद्यमीको क्षमता विकास गर्ने तथा व्रोईलर
कुखुरामा हुन सक्ने संक्रमणका बारेमा उद्यमीहरुलाई जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको बताईएको छ ।
तालिममा सुर्खेतको छिन्चुमा व्यवसायिक रुपमा कुखुरापालन गर्दै आएका ६ जना उद्यमीहरुको सहभागीता रहेको छ । सो क्षेत्रका उद्यमीलाई तालिम पश्चात आवश्यक प्रविधि समेत उपलब्ध गराईने बताईएको छ । तालिममा जिल्ला पशु सेवा कार्यालय सुर्खेतका नारायणप्रसाद न्यौपानेले व्यवसायिक रुपमा कुखुरापालन गर्दै आएका कखुरा पालकहरुले समय समयमा विभिन्न रोग लाग्ने भएकाले आफ्नो व्यवसाय बढाउनका लागी तालिमको आवश्यकता रहेको बताए ।
जिल्ला लघु उद्यमी समुह संघ सुर्खेतका जिल्ला कार्यक्रम संयोजक ओमप्रकाश थापाले कुखुरापालन गरिरहेका आफ्ना सदस्यहरुको तालिम प्रदान गरि व्यवसाय बढाएर लघु उद्यमीबाट उद्योगीमा रुपान्तरण गर्नका लागि सहयोग गर्ने बताए ।
No comments:
Post a Comment