सुर्खेत, १७ मंसिर ।
नेकपा एमाले जिल्ला कमिटि सुर्खेतले संविधानसभा सदस्य निर्वाचनमा असहयोग गरेको ठहरगर्दै विभिन्न नेता तथा कार्यकर्ताहरुलाई गरेको कारबाहीको खारेजिको माग गरिएको छ
। क्षेत्रीय कमिटि क्षेत्र नं. २ का निवर्तमान अध्यक्ष पूर्णबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति मार्फत कारबाही विधान विपरीत भएको भन्दै खारेजीको माग गरेका हुन् । जिल्ला कमिटिले आफ्नो क्षेत्रअधिकारमा नभएको अधिकार प्रयोग गरि कारबाही गरेकाले बिरोध गरेका हुन् । ‘पार्टीको नियम अनुसार गत बर्ष मात्रै क्षेत्रीय अधिवेशनको हलबाट निर्वाचित सार्वभौम कमिटीलाई झुठ्ठा आरोप लगाई विघटन गर्नु पार्टी समाप्त गर्ने षडयन्त्रको घोर विरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment