Wednesday, December 4, 2013

कृषि तथा पोषण परियोजना

सुर्खेत, १९ मंसिर । 
सुर्खेतका विभिन्न दश गाविसहरुमा ‘ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण परियोजना’ लागु भएको छ । यूएसआइडिले परियोजना संचालन गरेको हो । पहिलो चरणमा नरगरपालिकासँग जोडिएको जर्वुटा गाविसबाट परियोजना सुरु गरिएको परियोजनाका अधिकृत लक्ष्मी तिवारीले जानकारी दिए ।

अधिकृत तिवारीले जर्वुटाका सबै राजनीतिक दलहरु, स्थानीय निकायकापूर्व पदाधिकारीहरु तथा स्थानीय कृषकहरुसँग छलफल गरी परियोजना लागु गरिएको बताए । स्थानीय राजनीतिक दलहरु, गाविस सचिव टीका चपाई र त्यहाँका सबै सर्वसाधारणहरुले कृषिमा यो परियोजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । परियोजनाले तरकारीको वीऊ उत्पादन र बजार व्यवस्थापना लगायतमा विशेष जोड दिनेछ ।

No comments:

Post a Comment