Monday, December 2, 2013

अपाङ्गता मल्लको जीवन भोगाई

गोविन्द खत्री 
सुर्खेत, १७ मंसिर ।
सम्मरबहादुर मल्ल सुर्खेतका लागि एक परिचीत नाम हो । अपाङ्गता भएका व्यक्तिका हक हित स्थापित गर्नका लागि आफ्नो समय विताउँदै आएका उनी सुर्खेत मात्र नभइ नेपालकै एक परिचित व्यक्ति बनेका छन् । सपाङ्गताका रुपमा यस धर्तीमा जन्म लिएका मल्ल बाल्यकालमा शारिरीक रुपमा असक्त बन्न पुगे । शारिरीक रुपले असक्त मल्लले समाजमा आफ्नो भूमिकालाई कहिले पनि अपाङ्गताका रुपमा दिएनन् । बरु अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने कुराको उदाहरण दिन सफल भए । 

अपाङ्गता भएकाहरुको उत्थान र अधिकारका लागि मल्लले करिब दुइ दशक अघि देखि जिल्लामा वकालत गर्दै आएका छन् । २०५२ सालदेखि राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समन्वय परिषदको नेतृत्वमा रहेर सामाजिक सेवामा लागेका उनी हाल सम्म पनि परिषदको अध्यक्ष रहेका छन् । आफू शारिरीक रुपमा असशक्त भएपनि सक्त जीवन साथी पाउनु मल्लका लागि एउटा महत्वपूर्ण अवसर थियो । 
समरबहादुर जीवनको यात्रामा समुन्द्र मल्लसंग बैबाहिक सम्बन्धमा बाँधिए । जीवनका ६० बसन्तहरुपार गरिसकेका समर र समुन्द्रको जाडी साँचिकै समुन्द्रकै जस्तो निश्छल रहेको छ । परिवार र विशेष गरी श्रीमतीकै साथ र सहयोगले अहिलेको अवस्थासम्म आईपुगेको मल्ल बताउँछन् । 
अपाङ्गताको क्षेत्रमा वकालत गर्दै आएका मल्लसंग जीवनमा तिता र मिठा उत्तिकै क्षणहरु छन्  । तर समाजिक कामलाई नै आफ्नो कर्तव्य ठानेका उनले काम गर्दाका संगालेका नमिठा अनुभवहरुलाई भने बाहिर खोल्न चाहेनन् । शसक्तिकरणका क्षेत्रमा पनि उत्तिकै योगदान गरेका मल्लले अपाङ्गहरुको विकास र अवसरबाट बञ्चित गर्ने कुरामा अधिकांश परिवारको भूमिका रहेको बताउँछन् । 
‘अपाङ्गता भएका भनेर अवसर दिइदैन’ उनले मल्लले भने,‘परिवारले सपाङ्ग सरह व्यवहार गर्ने हो भने अपाङ्गहरुले जुनसुकै काम गर्न सक्छन् ।’ परिवारबाट राम्रो व्यवहार पाएपछि समुदाय र समाजले पनि अपाङ्गता भएकाहरुलाई सकारात्मक दृष्टिले लिनुपर्ने मल्लको भनाई रहेको छ । शिक्षा–दीक्षा र रोजगारीका लागि राज्यले विशेष आरक्षणको व्यवस्थागरी स्तरउन्नती गरे अपाङ्गता भएका व्यक्तिहरु सम्मानित भएर बाँच्न पाउने मल्लले बताए । 
ऋपाङ्गता भएको आधारमा दिइने परिचय–पत्र वितरण तथा हाल दिइने गरेको आरक्षणमा बृद्धि गर्र्नुपर्ने उनको भनाई छ । मल्लका अनुसार अपाङ्गताका क्षेत्रमा धेरै कार्य नगरेपनि सरकारी कार्यालयहरुको भवन निर्माण गर्दा अपाङ्गतामैत्री हुनुपर्ने, अपाङ्गताका लागि विनियोजित बजेट उनीहरुको प्रत्यक्ष लाभ हुनेगरी खर्च गरिनुपर्ने, सरकारले दिएको आरक्षण कोटलाई हरेका ठाउँमा सुनिश्चित गर्नुका साथै बढवा गर्नुपर्ने मल्लको माग रहेको छ । 
ऋपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैन भन्ने भ्रममा बाँचेका छौँ, हामी । इतिहास खोतल्ने हो भने त्यहाँ भेटिन्छन्, कवि जोन मिल्टन र होमर । उनीहरू बाहिरी आँखा देख्दैनथे । तैपनि, मनका आँखाले संसार नियाले । र, अलौकिक काव्य सिर्जना गरिदिए । टाढाको कुरा किन गर्नु, हाम्रै साहित्यकार पारिजात वैँशमा कुजी थिइन्, मनको शक्तिले ‘शिरीषको फूल’ जस्तो उपन्यास लेखिन् । जुन फूल आज विश्वमै ढकमक्क फुलिरहेको छ । 

No comments:

Post a Comment