सुर्खेत, १९ मंसिर ।
स्वरसम्राट गायक स्वर्गीय नारायण गोपालको २३ औं स्मृति दिवसमा बागिना समूह सुर्खेतले बुधबार बागिना संगीत सन्ध्या गरेको छ । संगीत सन्ध्यामा वागिना समूहका कलाकारहरुले नारायण गोपालले गाएका गितहरु गाएर उनलाई सम्झिने प्रयास गरेका थिए ।
संगीत बुवा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवीको कोखबाट १९९६ असार १८ गते काठमाडौंको किलागलमा नारायण गोपालको जन्म भएको थियो । नारायणगोपालका करिब पाँच सय भन्दा धेरै शास्त्रीय, आधुनिक, चलचित्र, स्वदेश गान रेकर्ड भएका छन् । नारायण गोपालको स्वरमा रहेका अधिकांश गीतहरु कालजयी बनेका छन् । नारायण गोपालले विक्रम संवत २०२३ सालमा सर्बाेत्तम संगीतकार, २०२४ सालमा सर्वाेत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौंथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार पाएका थिए ।
नारायण गोपाललाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारबाट मरणोपरान्त सम्मान गरिएको थियो । बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादक समेत रहेका नारायण गोपाल साँस्कृतिक संस्थानको महाप्रबन्धक तथा सञ्चार मन्त्रालयको सल्लाहकार समेत रहेका थिए । नेपाली सङ्गीत क्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासँग २०२७ सालमा प्रेम विवाह भएको थियो भने २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।
No comments:
Post a Comment