सुर्खेत, १९ मंसिर ।
संविधानसभा सदस्य निर्वाचनको अवधिभर मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा गरी एक सय ६७ घटना घटेको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी राजेन्दसिंह भण्डारी जानकारी दिएका छन् । भण्डारीले बुधबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सो को जानकारी दिएका हुन् ।
प्रमुख भण्डारीका अनुसार बम तथा संकास्पद वस्तु फेला परेका सबै भन्दा बढी ३५ वटा घटना रहेका छन् । बम विस्फोटन सम्बन्धिका २६ घटना घटाइएका छन् । निर्वाचन विरोधी अन्य गतिविधिमा २३, निर्वाचन समाग्री लुटपाट, बन्द बाटो अवरोधका १२, हतियार बरामद ७, सार्बजनिक सवारी साधन आगजनीमा ६, उम्मेदवारका गाडीमा आगजनी ४ भिडन्त झडप ६ ढुङ्गा मुडाका ५ घटना रहेका छन ।
कुटपिट हातपात, धाकधम्की सवारी धन लगाएतका अन्य घटनाहरु घटेको जनाइएको छ । समग्रमा दाङ जिल्लामा सबैभन्दा बढी विभिन्न प्रकारका गरी ३३ घटना भएका छन् । दाङपछि घटना हुनेमा सुर्खेत दोस्रो स्थानमा रहेको छ । सुर्खेतमा २६ वटा घटनाहरु घटेका छन् भने बर्दियामा १४, जाजरकोटमा १३ र सल्यान र रोल्पामा १२ ÷१२ वटा घटना घटेको प्रमुख भण्डारीले जानकारी दिए ।
उनले जुम्लामा १०, बाँकेमा ९, प्यूठानमा ८, दैलेखमा ७, रुकुममा ५ रोल्पामा ४, कालिकोटमा ३ र हुम्लामा सबै भन्दा कम २ वटा घटनाहरु भएको बताए । दाङ र बर्दियामा बम तथा शंकास्पद वस्तु फेला परेका १०÷ १० घटना छन् भने सुर्खेतमा निर्वाचन सामग्री लुटपाट सम्बन्धिका ८ घटना भएका जनाइएको छ ।
निर्वाचन अवधिमा ६२ जनालाई पक्राउ गरिएको छ, पक्राउ परेका मध्ये ४८ जनालाई मुद्धा चलाइएको र २३ जना भने कागज गरी छोडिएको र थप १८ मुद्धा दर्ता भएको भण्डारीले जानकारी दिए ।
यसमा पनि सबै भन्दा बढी २१ जनालाई पक्राउ गरिएको छ भने सुर्खेतमा ३ जनालाई पक्राउ गरिएको, २ जना विरुद्ध मुद्धा दर्ता र ३ जनालाई कागज गरी छोडिएको जनाइएको छ । पत्रकार सम्मेलनमा भण्डारीले संविधानसभा सदस्य निर्वाचन मध्यपश्चिममा शान्तिपूर्ण, भयरहित, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न भएको बताएका छन् ।
उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवालाहरुलाई आभार प्रकट गरेका छन् । उनले मध्यपश्चिममा निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । विबिध चुनौतिकाबीचमा पनि निर्वाध रुपमा मतदान प्रक्रियामा सहभागी भई मतदान गरेकाले नै निर्वाचन सफल भएको बताउँदै उनले मतदाता, सञ्चारकर्मी, नागरिक समाज कर्मचारी लगायतलाई आभार पनि व्यक्त गरे ।
प्रमुख भण्डारीका अनुसार निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्माण गरिएको सुरक्षा रणनीतिमा प्रमुख सुरक्षा चुनौतीका रुपमा बहिस्कार समूहलाई आंकलन गरिएको थियो । त्यसैगरी मतदातामा रहेको दुविधा, भूमिगत अपराधिक समूहहरु र भौगोलिक अवस्थालाई मुख्य चुनौती ठानी सोही अनुसारको जनशक्ति परिचालन गरिएको उनले बताए ।
साथै निर्वाचनमा उत्कृष्ट काम गर्ने मध्यपश्चिमका एसएसपी., एसपी र डिएसपीहरुलाई पुरस्कृत गरिएको भण्डारीले जानकारी दिए । पुरस्कृत हुनेहरुमा भेरी अञ्चल प्रहरी प्रमुख, सुर्खेत, बाँके, बर्दिया, दाङका एसपी तथा जाजरकोट, कालिकोट, सल्यान, हुम्ला र डोल्पाका डिएसपीहरु रहेको जनाइएको छ ।
No comments:
Post a Comment